राधेश्याम कुशवाहा
अहिलेको २१ सौं शताब्दीमा नयाँ नयाँ अविष्कार गर्न वैज्ञानिक युगको समय रहेको छ । अहिले हरेक मानिसमा नविनतम प्रविधिको ज्ञान, सीप, कला लगायत प्रविधिको क्षेत्रमा राम्रो दखल राख्न उद्देश्यका साथ सर्लाही जिल्लाको बलरामा मंगलवार देखि विज्ञान तथा प्रविधिलाई समेटिएर विज्ञान प्रदर्शनी मेलाको आयोजना हुन गईरहेका छन् ।
सर्लाहीमा विज्ञान तथा प्रविधिको क्षेत्रमा दखल राख्ने एवं गाँउघरमा लुकेको प्रतिभावान व्यक्तिको खोज गर्ने उद्देश्यका साथ मुलुकमै पहिलो पटक सर्लाही जिल्ला स्तरिय विज्ञान प्रदर्शनी मेला २०८१ को आयोजना भोली देखि हुन गईरहेका हुन् ।
बलरा नगरपालिका र युनेस्कोको संयुक्त आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीको सहकार्यमा मंसिर १८ र १९ गते दुई दिवशिय विज्ञान प्रदर्शन मेलाको हुन लागेको छ ।
मुलुकमै पहिलो पटक हुन गईरहेको विज्ञान प्रदर्शनी मेलालाई नेपाल सरकारको संघिय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भटटराईले उदघाटन गर्ने उक्त कार्यक्रममा विशिष्ट अतिथिमा शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारी र राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महाविर पुनको गरिमामय उपस्थिति रहने जनाइएको छ ।
विज्ञान प्रदर्शनी मेला वृहत रुपमा आयोजना हुन लागेकोमा बलरा नगरपालिकाको मात्रै नभई सिंगो सर्लाही जिल्लाको लागि गर्वको विषय भएको बलरा नपा वडा नम्वर ८ स्थित रहेका श्री जनता नमुना मावि विद्यालयका प्रधानाध्यापक प्रमोद कुमार यादवले खुशी व्यक्त गरे ।
नयाँ नौलो, सृजनात्मक कुराहरुको सृजना गर्ने र नयाँ कुराहरुको अविष्कार गर्ने यस मेलाको मुल मर्म रहेका छन । यो मेलाले यस भेगका विद्यार्थीहरु तथा अभिभावकहरुमा विज्ञान एवं प्रविधि सम्बन्धि जनचेतना र चासो दिन मद्दत गर्ने उनले बताए । बालबालिकाहरुमा विज्ञान सम्बन्धि चाहना र रुचिको विषयमा अभिभावक र विद्यालयले लगानी र विज्ञान सम्बन्धि वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विज्ञान प्रदर्शनी सम्बन्धीत पक्षलाई लगानी र अभिभावकलाई बच्चाहरुका लागि विज्ञान सम्बन्धि वातावरण निर्माणका लागि हौसला प्रदान गर्ने विद्यार्थीहरुमा विज्ञान सम्बन्धि ज्ञान र सिपमा बृद्वि हुने र आफना बच्चाहरु विज्ञानको क्षेत्रमा के कस्ता र के कुरा गर्न सक्छ, त्यसमा लगानी पनि हुन्छ र त्यस लगानीको प्रतिफल कस्तो हुन सक्छ अभिभावकले समेत बुझ्ने अवसर पाउँछ ।
विज्ञान प्रदर्शनी मेलाबाट विद्यार्थीहरुमा नयाँ नयाँ प्राविधिक ज्ञानको पाउने छन । यही मेलाबाट पाउने ज्ञानको अनुभवले आफनै क्षेत्रमा केही न केही नयाँ कुरा सिकेर नयाँ सिपको खोजी गरेर मुलुकमा भोलि चाहे अनुसारको काममा आफनो पसिना बगाएर आत्मनिर्भर बन्न सक्ने छ ।
बलरा नगरपालिकाले यही मंगलवार र बुधवार सर्लाही जिल्लाभरीका सरकारी तथा निजि विद्यालय सहभागी हुने गरी विज्ञान प्रदर्शनी मेला आयोजना गरेको बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहा बताए ।
नेपाल सरकारको राष्ट्रिय पाठयक्रमको कक्षा ९ र १० को विद्यार्थीहरुलाई विशेष गरी विज्ञानमा प्रयोगनात्मकको माकिंग गरेको र प्रयोगनात्मक तिर विज्ञान विषयमा विद्यार्थीहरुको एउटा चाहना, रुचि एकदमै सक्रिय तरिकाले देखा नपरेकाले यो विज्ञान प्रदर्शनीको मार्फत विद्यालय स्तरका विद्यार्थीहरुमा जुन विज्ञान संग सम्बन्धित प्रयोगनात्मक कुराहरु छन ।
त्यसलाई विज्ञान प्रदर्शनी मेलामा उजागर गर्ने काम गर्नुहुन्छ । त्यसैका लागि बलरा नगरपालिकाले विज्ञान प्रदर्शनीको आयोजना गरेका छन । विद्यार्थीहरुको विज्ञान प्रति चाहना, इच्छा विज्ञान भौतिक, रसायन र जिव विज्ञान लगायत सम्बन्धित अविष्कारका कुराहरु हुन्छन ।
त्यस्ता कुराहरुलाई उजागर गर्नका लागि बलरा नगरपालिकाले विज्ञान प्रदर्शनी मेला आयोजना गरेको उहाँको भनाई छ । सर्लाहीको बलरा नगरपालिकामा आयोजना हुन लागेको विज्ञान प्रदर्शनी मेला माइलस्टोन सावित हुने युनेस्को नेपालका सहायक महासचिव रामेश्वर प्रसाद यादव बताए ।
करिब २५ बर्ष अगाडी जिल्ला स्तरिय विज्ञान प्रदर्शनी मेला हरिवनको जुटपानीमा सामान्य रुपमा आयोजना भएको थियो तर त्यसपछि अहिलेसम्म आयोजना नै नभएका छन, उनले थपे । युनेस्को सहकार्यमा कुनै पनि स्थानिय तहले वृहत रुपमा आयोजना गर्ने यो विज्ञान प्रदर्शनी मेला देशमै पहिलो चोटी आयोजना भइरहेको महासचिव यादवले दाबी समेत गरे ।
जिल्लाका विकट तथा विपदका जोखिमले भरिएका बलरा नगरपालिकाले वृहत रुपमा विज्ञान प्रदर्शनी आयोजनाका लागि साहस गरेर ठुलो आर्थिक लगानी गर्नु प्रशंसनिय कार्य रहेको बताउदै यसबाट सर्लाही लगायत अन्य जिल्लाका स्थानिय तहले समेत पाठ सिक्नुपर्ने बताए ।
विज्ञान प्रदर्शनी मेला विद्यार्थीहरुले आफूले अध्ययन गरेको ज्ञान सिप र दक्षतालाई प्रयोगनात्मक अभ्यासमा ढाल्ने कुरा रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका प्रमु्ख तारापति खरेल बताउँछन ।
यसमा पाठयक्रम भित्रकै विषयवस्तु समावेश हुन्छन र विशेषगरी विज्ञान, गणित इन्जिनियरिंग र आर्ट विषयका शिक्षकहरुका लागि अवसर समेत रहेका छन, उहाँले भने ।
उहाँहरुले सिकाएको कुराहरुलाई विद्यार्थीहरुले कति व्यवहारमा ढाल्न सके र त्यसलाई व्यवहारमा ढालेर प्रयोगनात्मक अभ्यास गर्न सक्छ कि सक्दैन । सकारात्मक एवं प्रविधिको युगमा रहेका यस्ता विज्ञान प्रदर्शनी मेलाले समाजमा सकारात्मक सन्देश दिने उनले स्पष्ट पारे ।
यसले विशेषत विद्यार्थीहरुको सिकाईलाई मजुबुती गराउने र उनिहरुले गरेको प्रदर्शनीबाट जिल्ला भरिका सामुदायिक तथा निजि विद्यालयका विद्यार्थीहरुले अवलोकनबाट देखेर पनि पनि धेरै कुराहरु सिक्ने अवसर पाउने भएका हुनाले यो मेला सर्लाहीका लागि गौरवको कार्यक्रम भएको उनको ठम्याई रहेको छ ।
मधेस प्रदेशका ८ वटै जिल्ला र छिमेकी जिल्ला सिन्धुली, मकवानपुर र उदयपुर, सुनसरी र चितवनका विद्याथीहरुलाई समेत आलोपालो सहभागि भएर अवलोकन गर्न आउने वातावरण विद्यालयहरु बनाउनुपर्नेमा जोड दिए । प्रतियोगितामा सहभागि हुने विद्यार्थी भाईबहिनीहरुको प्रारम्भीक मूल्यांकन देखि लिएर अन्त्य सम्म निरन्तर गरेको क्रियाशिलता, उत्सुकता र समूह कार्यको आधारमा गरिने छ ।
कार्यक्रममा विद्यार्थीहरुलाई स्वयम सेवक परिचालन, स्थानिय झाँकी सहितको नृत्य लगायत विभिन्न साँस्कतिक प्रदर्शन गर्ने भएको हुनाले पनि यसले विद्यार्थीहरुमा सृजनात्मक सिप र विकास गर्ने, अनुशासित हनु सिकाउने, समाजिक भावनको विकास र प्रजातान्त्रिक मुल्यमान्यताको विकासमा समेत सहयोग पुर्याउने उहाँको विश्वास छ ।
विज्ञान प्रदर्शनी मेला भव्य र सभ्य रुपमा आयोजना गर्न बलरा नगरपालिका, यूनेस्को र जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रतिबद्व रहेको उहाँको भनाई छ ।
सर्लाहीमा २०५८ सालपछि विज्ञान प्रदर्शनी मेला आयोजना हुन लागेको शिक्षा विकास तथा समन्वय इकाइ, प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए ।
जिल्ला भरिका सबै विद्यालयका प्रअ र विज्ञान शिक्षकहरुसंग असोज महिनामा विज्ञान प्रदर्शनी मेला सम्बन्धि प्रारम्भिक छलफल गर्याै र यसको मोडालिटी को बारेमा र त्यपछि सबै विद्यालयलाई प्रस्तावना आव्हान गरेको तथा प्रस्तावना पेश गरेका मध्ये ३७ वटा विद्यालय छनौट भइसकेको उनले बताए । मेलामा आधारभूत तथा मावि स्तरिय २ तहमा प्रतिस्पर्धा हुनेछ र मूल्यांकन समेत २ वटै तहमा हुनेछ ।
मधेस प्रदेशका ८ वटै जिल्लाका इच्छुक शैक्षिक संस्था तथा विद्यालयले प्रतिस्पर्धामा सहभागि हुन नपाउने गरी आफनो स्टल राख्न सकिने व्यवस्था गरेको उनको भनाई छ ।
कार्यक्रममा सर्लाहीका २० वटै स्थानिय तहका प्रमुख, मावि तथा आधारभुत विद्यालयका प्रअ, संस्थापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विज्ञान शिक्षक लगायत अवलोकनका लागि विद्यार्थीहरु सहभागिता रहने छन ।
जिल्लाका २० वटा स्थानिय तहमध्ये १४ वटा स्थानिय तहका ३७ वटा सहभागि विद्यालयका यातायात खर्च र प्रोजेक्ट व्यवस्थापनका लागि बलरा नगरपालिकाको तर्फबाट ५ हजार प्रदान गरिने छ । सहभागि विद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई खाना र छात्रावासको समेत व्यवस्था गरिएको छ ।
विद्यालयमा विज्ञान प्रदर्शनीको तयारीको अन्तिम चरणमा पुगेको बलरा नगरपालिका ८ गडहिया डुमरिया स्थित श्री जनता नमुना माविका प्रधानाध्यापक प्रमोद राय यादवले जानकारी दिए । सहभागिहरुका खाना र छात्रावासको काम पुरा भइसकेको र स्टेज, स्टल निर्माण लगायतका कार्यहरु समेत धमाधम भइरहेको बताए ।
विद्यालयको तर्फबाट खाना र छात्रावासमा कुनै पनि किसिमको असुविधा नहुने बताउदै कार्यक्रमलाई सफल बनाउन आफना विद्यालयका शिक्षक लगायत विव्यसका सम्पूर्ण पदाधिकारीहरु लागि परेको प्रस्ट पारे ।