स्वास्थ्य क्षेत्रमा मधेश प्रदेशमै प्रथम स्थाल ल्याएको भन्दै हरिवन नगरपालिकाले गरे स्वास्थ्यकर्मीहरुलाई सम्मान
प्रेमनाथ पौडेल
हरिवन । सर्लाहीको हरिवन नगरपालिका स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ । हरिवन नगरपालिका स्वास्थ्य क्षेत्रमा मधेश प्रदेशको १३६ वटा पालिकाहरु मध्ये आर्थिक वर्ष ०७९÷०८० र ०८०÷०८१ मा प्रथम स्थान हासिल गर्न सफल भएको हुदा नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले जानकारी दिनुभयो ।
वडा अध्यक्ष तथा शान्ती समितिको अध्यक्ष प्रज्वल ढुंगानाको अध्यक्षता गरिएको कार्यक्रममा हरिवन नगरपालिका क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्य कर्मचारी गरि ७५ जनालाई सम्मान गरिएको हरिवन नगरपालिकाले जनाएको छ।
७५ जनै स्वास्थ्यकर्मीहरु तथा अन्य कर्मचारीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व रक्षा मन्त्री हरि उप्रेती र नगर प्रमु रमेश(कमल) बुढाथोकीले सम्मान गरेको छ।
सुरक्षित मातृत्व कार्यक्रम, जिरो होम डिलेवरी लगायतको कार्यक्रम आधारमा हरिवन नगरपालिका मधेश प्रदेशमै प्रथम स्थाल ल्याउन सफल भएको छ।