२७ मंसिर २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नेपाल विश्वकर्मा लोहार संघको छैटौं महाधिवेशन भव्यताका साथ सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेशमधेश प्रदेशसमाचारसमाजस्थानीय

नेपाल विश्वकर्मा लोहार संघको छैटौं महाधिवेशन भव्यताका साथ सम्पन्न

प्रदीप कुमार दास, रौतहट ।

मङ्सीर २७ गते,बिहीबार ।

रौतहट जिल्लाको मध्य भागमा अवस्थित गरुडा नगरपालिका वार्ड नम्बर ५, शिवनगरमा रहेको श्री बाबा विश्वकर्मा मन्दिर परिसरमा नेपाल विश्वकर्मा लोहार संघको छैटौं महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। यस महाधिवेशनले संघको नेतृत्व चयनका लागि सहमति, छलफल र निर्वाचन प्रक्रियालाई समेट्दै नयाँ कार्यसमिति चयन गरेको छ।

मङ्सिर २४ गते आयोजित प्रारम्भिक बैठकले अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको थियो। तर, सोही दिन सहमति जुट्न नसकेपछि निर्वाचन समितिले मङ्सिर २९ गते निर्वाचन मिति तोक्ने निर्णय गरेको थियो। तथापि, निर्वाचन प्रक्रियाबाट भन्दा पनि सहमति र छलफलमार्फत नै विवाद समाधान गरी नेतृत्व चयन गर्नुपर्ने आवाज उठेपछि मङ्सिर २६ गते निर्वाचन समिति र लोहार समुदायका प्रतिनिधिहरूको संयुक्त बैठकबाट तीनवटै विवादित पदमा सहमति जुटाइएको छ ।

निर्वाचन समितिको निर्देशनमा सहमतिबाट चयन भएका प्रमुख पदाधिकारीहरू निम्नानुसार छन्:

1. अध्यक्ष: रामसोगारथ शर्मा (विवेक शर्मा)

2. सचिव: रामलाल ठाकुर

3. कोषाध्यक्ष: रामदिनेश ठाकुर

सहमतिमा पहिले नै चयन भएका पदाधिकारीहरू

यसअघि सहमतिमा चयन भएका अन्य पदाधिकारीहरूको सूची यस प्रकार छ:

1. उपाध्यक्ष: शंकर ठाकुर

2. सह सचिव: रामईश्वर ठाकुर

3. सदस्य: सियाराम ठाकुर

4. सदस्य: चन्देश्वर ठाकुर

5. सदस्य: बुटन ठाकुर

6. सदस्य: सुरेन्द्र ठाकुर

7. सदस्य: नागेन्द्र ठाकुर

8. सदस्य: राजेन्द्र ठाकुर

9. सदस्य: राजकुमार ठाकुर

10. सदस्य: रिता देवी

11. सदस्य: रामसेवक ठाकुर

12. सदस्य: विष्णुकान्त ठाकुर

13. सदस्य: सचिन्द्र ठाकुर

यस महाधिवेशनले लोहार समुदायको एकता, अधिकारको संरक्षण र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। संघले समुदायको कल्याणका लागि दीर्घकालीन योजना निर्माण र कार्यान्वयनमा ध्यान दिने प्रतिबद्धता जनाउँदै आएको छ।

महाधिवेशनमा उपस्थित स्थानीय नेताहरू, बुद्धिजीवी, तथा समुदायका प्रतिनिधिहरूले संघले लोहार समुदायको हितमा महत्वपूर्ण काम गर्दै आएको भन्दै प्रशंसा गरेका थिए। बाबा विश्वकर्मा मन्दिरको पवित्र परिसरमा सम्पन्न यो महाधिवेशनले लोहार समुदायको सामूहिक पहिचानलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button