५ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लोक सेवाका तीन सारथी, – लेखकहरु भन्छन् “युवाका लागी अथाह संभावना देशमै पर्याप्त छ – Nigrani Today
समाचारस्थानीय

लोक सेवाका तीन सारथी, – लेखकहरु भन्छन् “युवाका लागी अथाह संभावना देशमै पर्याप्त छ

भक्ती रिजाल
-सर्लाही । युवाहरुले बिदेशिने मात्र होइन देशमै अवसर र संभावना खोज्नु पर्छ भन्ने सन्देशका साथ तीन युवा लेखकहरुले “AK 47” नामक लोक सेवा तथा शिक्षक सेवा तयारीका लागि उपयोगी पुस्तक बजारमा ल्याएका छन्  ।

सरकारी सेवामा कार्यरत लेखकहरु  अख्तर रजा, मोहम्म्द अकमल आलम तथा रुकेश चौलागाईंद्वारा लेखिएको “AK -47” नामक पुस्तक देशमै केही गर्नु पर्छ भन्ने युवाका लागि लाभदायक हुने लेखक अख्तर रजा बताउंछन् । अथाह सम्भावना भएको हाम्रो देशले युवाहरुको बाटो कुरिरहेको छ । त्यसैले अब युवाहरुले बाहिर जाने  होइन देशमै बसेर केही गर्नु पर्छ  भन्ने धारणा  रजाको छ ।

अक्षराङ्क प्रकाशनद्वारा प्रकाशित  “AK -47″पुस्तक बहु उपयोगी रहेको हुंदा  आफ्नो ज्ञान, योग्यता र सरकारी सेवाको लाभ लिन सबैमा आनुरोध गर्दछु, अर्का लेखक रुकेश चौलागाईंले बताए । “Ak-47” पुस्तक हरिवन लगायत देशैभरी उपलब्ध रहने बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button