१८ पुष २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अन्तर्राष्ट्रिय अप्रवासी कामदार दिवस मनाइएको छ । चन्द्रनगरका जनप्रतिनिधि तथा कर्मचारीहरुले दिप प्रज्वलन गरि अन्तर्राष्ट्रिय अप्रवासी कामदार दिवस मनाएको छ । सुरक्षित आप्रवासनको आधार ,सूचना र सिप सहितको रोजगार मुल नाराका साथ आज दिवस मनाइएको हो ।

चन्द्रनगर गाउँपालिकाका गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा उपाध्यक्ष गिता देबी महतो ,प्रमुख प्रशासकिय अधिकृत वकिल प्रसाद पाल,वडा नं.१ का वडा अध्यक्ष रामेश्वर प्रसाद महतो,वडा नं.३का वडा अध्यक्ष सिताराम महतो,कार्यपालिका सदस्य रबिन्द्र सिंह,प्रसाशन शाखा प्रमुख कृष्ण प्रसाद अचार्य, स्वास्थ्य शाखा प्रमुख अमृत चौधरी, शिक्षा शाखा प्रमुख कमला बस्नेत,ई. राजेश कुमार यादव, अधिकृत पच्चु माझी र चन्द्रनगर गाउँपालिका कार्यालयका कर्मचाीहरुको उपस्थितिमा दिवस मनाइएको हो ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (१८ डिसेम्बर, २०२४) को अवसरमा नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट राष्ट्रिय आह्वान पत्र समेत तयार गरिएको छ ।

वर्तमान् समयमा आप्रवासन समाजको अभिन्न आयाम बन्न पुगेको छ । यसका विभिन्न कारणहरूमध्ये गरिबी, युद्ध, आन्तरिक द्वन्द्व तथा असुरक्षा, जलवायु परिवर्तनले पारेको असर, काम तथा रोजगारीको खोजी, विश्वव्यापीकरण एवं सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासलाई लिन सकिन्छ। आप्रवासनवाट शरणार्थीको रुपमा विभिन्न मुलुकमा वसोबास गर्न पुगेका मानिसहरुको विषय पनि संवेदनशील छ। जुनसुकै कारणले व्यक्ति या परिवार आप्रवासनमा परेपछि नयाँ स्थानमा निर्वाहका लागि कामको खोजी नै पहिलो प्राथमिकता हुन पुग्छ। कामको खोजीमा श्रमिक, विद्यार्थी, उद्यमी, कलाकार आदि सबै हाम्रै परिवारका सदस्यहरू आप्रवासीका रूपमा एक ठाउँबाट अर्को ठाउँमा गईरहेका मानिसहरू आफ्नो उद्गम र गन्तव्य दुवै मुलुकहरूमा सामाजिक आर्थिक विकासका शक्तिशाली चालक हुन् । नेपालमा पनि विभिन्न मुलुकका नागरिकहरू आप्रवासीको रुपमा रहेका र अन्यत्र स्थानान्तरण भइरहेका छन। आप्रवासीहरूले गन्तव्य मुलुकमा नयाँ समुदायहरूसँग मिलेर आफ्नो उद्गम मुलुकसँग पनि बलियो सम्बन्ध कायम राख्छन्, ज्ञान, अनुभव र सीप तथा सामाजिक रुपान्तरण गर्दछन् ।

अन्तराष्ट्रिय आप्रवासन संगठन द्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन, २०२४ अनुसार विश्वभरी अनुमानित २८.१ करोड मानिसहरु आप्रवासीको रुपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकहरूको संख्या १६.९ करोड रहेको छ । आप्रवासीमाथि हुनसक्ने विभेदलाई ध्यानमा राखी संयुक्त राष्ट्र संघले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तिनका परिवारको सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धि, १९९० पारित गरी सन् २००३ जुलाई १ देखि लागू भएको छ । अन्तर्राष्ट्रिय आप्रवासी दिवस हरेक वर्ष डिसेम्बर १८ मा मनाइन्छ। संयुक्त राष्ट्र संघले आप्रवासनका चुनौती र अवसरहरूको वारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीहरूको योगदानलाई मान्यता दिनको लागि विश्वव्यापी रुपमा यो दिवस मनाउँदै आइएको छ ।

नेपालमा पनि यो दिवस सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज, आप्रवासी श्रमिक तथा उनीहरुका परिवार, सञ्चार जगतलगायत विभिन्न पक्षहरूको संयुक्त पहलमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आइएको छ । नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीले महत्वपूर्ण योगदान गरेको छ । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पूँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रुपमा परिचालन गर्ने नीति रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button