२८ पुष २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
समृद्धि सहकारीका पदाधिकारीको सपथ ग्रहण सम्पन्न, सहकारी नीति र नियममा टेकेर अघि बढ्ने प्रतिबद्धता – Nigrani Today
ताजा खबरस्थानीय

समृद्धि सहकारीका पदाधिकारीको सपथ ग्रहण सम्पन्न, सहकारी नीति र नियममा टेकेर अघि बढ्ने प्रतिबद्धता

भक्ती रिजाल
सर्लाही  । हरिवन नगरपालिका वडा नम्बर ११ मुख्य कार्यालय रहेको समृद्धि सहकारीले आफ्ना निर्बाचित पदाधिकारीहरुको सफथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।
समृद्धि सहकारीको कार्यालयमा बसेको पदाधिकारी बैठकद्वारा  सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

निर्बाचन समितिका अध्यक्ष – इन्द्र पाठकद्वारा नव निर्बाचित पदाधिकारीहरुलाइ   सपथ ग्रहण गराएका थिए ।

केही समय अगाडि सम्पन्न संस्थाको १७औ बार्षिक साधरण सभाले पुन: अर्को कार्यकालका लागि अध्यक्षमा ताराराज पन्त (अर्जुन) लाई निर्बाचित गरेको छ ।
उपाध्यक्षमा डाकुरनाथ खतिवडा सचिब सुरेश भट्टराइ तथा  कोशाध्यक्ष सुदिप खत्री लाई निर्बाचित गरेको संस्थाले जनाएको छ । त्यसैगरी सदस्यमा अजय महतो, ङमेन्द्र घिमिरे, तिलकुमारी लामा, रमेश स्याङ्तान, हेम बहादुर बस्नेत तथा मिना मास्के रहेका छ्न्  ।

संस्थाका पुर्ब अध्यक्ष इन्द्र पाठकको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी रहेका थिए । कार्यक्रममा संस्थाका निर्बाचित अध्यक्ष तारानाथ पन्त (अर्जुन), डा. इन्द्रजित महतो, डा. हरिलाल मैनाली, कृष्ण बहादुर केसी, विवेक मैनाली लगायतले सम्बोधन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button