७ माघ २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
दलिय संयन्त्र बनाएर निर्वाचित संस्थालाई पंगु बनाउँने काम हुनु लोकतन्त्र विरोधी हो : प्रभु साह – Nigrani Today
ताजा खबरमधेश प्रदेश

दलिय संयन्त्र बनाएर निर्वाचित संस्थालाई पंगु बनाउँने काम हुनु लोकतन्त्र विरोधी हो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले निर्वाचित संस्थामाथि दलिय संयन्त्रको नियन्त्रण हुनु अप्रजातान्त्रिक र अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन् ।

आजपाको काठमाडौं उपत्यका विशेष कमिटीको आज काठमाडौं पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचित संस्थामाथि दलिय संयन्त्र बनाएर लोकतन्त्रलाई सिध्याउन खोजेको गम्भिर आरोप लगाए ।

‘अहिले दलिय संयन्त्र निर्वाचित संस्थामाथि हावी छ । अप्रजातान्त्रिक र अलोकतान्त्रिक काम दलिय संयन्त्रले गरिरहेको छ । लोकतान्त्रिक शासन भएको मुलुकमा दलिय संयन्त्र बनाएर निर्वाचित संस्थालाई पंगु बनाउँने काम हुनु लोकतन्त्र विरोधी काम हो,’ आजपा अध्यक्ष साहले भने, ‘हामीले दलहरु निरंकुश हुदै गईरहेको देखिरहेका छौं । यो लुटकारी दलाल दलतन्त्रको अन्त्य हुन आवश्यक छ ।’

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले बिभिन्न संयन्त्र गठन गरेका छन् । ति संयन्त्रहरु जनताबाट निर्वाचित संस्थामाथि नै धावा बोलिरहेको साहले जनाएका छन् । उनले भने, ‘निर्वाचित संस्थालाई नियन्त्रण गर्न खोजिदै छ । बिभिन्न संयन्त्र बनाएर निर्वाचित संस्थाको अस्तित्व नै धरापमा पार्न खोजिदैछ ।’

कांग्रेस र एमालेको बहुमतको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली पूर्णरुपमा असफल र असक्षम प्रमाणित हुन थालेपछि बिभिन्न संयन्त्र गठन गर्ने र निर्वाचित संस्थालाई नै असफल बनाउँने काम भईरहेको साहले बताए । आफ्नो प्रतिबद्धता आफै कार्यान्वयन गर्न नसक्ने ओली नेतृत्वको सरकार बिघटन गर्नुपर्ने सुझाव उनले दिए ।

आजपा काठमाडौं उपत्यका विशेष कमिटीका इन्चार्ज एवं महासचिव त्रिभुवन साह अमरको अध्यक्षतामा बसेको बैठकले सरकारको मनोमानी कर आतंक बिरुद्ध सर्वपक्षीय बृहत अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । आउँदो २६ माघमा आजपाले काठमाडौंमा सरकारको मनपरी कर आतंक बिरुद्ध अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button