१७ माघ २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हजारौं जनताको सहभागीतामा माओवादी (केन्द्र)को खबरदारी सभा सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

हजारौं जनताको सहभागीतामा माओवादी (केन्द्र)को खबरदारी सभा सम्पन्न

भक्ती रिजाल
सर्लाही । नेकप म्मओवादी (केन्द्र)का नेता तथ बागमती नगरपालिकाका मेयर भरत कुमार थापालाई  सरकरले षड्यन्त्रपुर्ण ढंगबाट झुठा मुद्दा लगाएर फसाउन खोजेको भन्दै गरिएको खबरदारी सभामा हजारौ जनताको सहभागिता भएको छ ।

नेकपा माओवादी (केन्द्र) सर्लाहीका नेता तथा बगमती नगरपालिकाका मेयर भरत कुमार थापा तथा उप-मेयर लिला कुमारी मोक्तान माथि सरकारले झुठा मुद्दा लगाउन खोजेको भन्दै  माओवादी (केन्द्र) सर्लाहीले खबरदारी सभा आयोजना गरेको हो ।

खबरदारी सभामा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा मधेस प्रदेश इन्चार्ज लीलामणि पोख्रेलले “हजारौ माओवादी कार्यकर्ताको बलिदानबाट आएको यो ब्यबस्थालाई उल्टान खोज्नेहरुलाई  नछाडिने बताए । कार्यक्रममा बोल्दै पोख्रेलले `आफुहरुले पनि उनिहरुका कर्तुतहरुको फाइल खोल्ने दिनको प्रतीक्षा गरिरहेको बताए ।

कार्यक्रममा पार्टीका नेताहरु राजु खड्का, प्रल्हाद बुढाथोकी, जवाहर कुशवाहा, समीर भट्टराई, राजकुमार राय, देबानन्द महतो लगायतले सम्बोधन गरेका थिए ।

बागमती माछा पोखरी (भरत ताल) निर्माण गर्ने क्रममा भ्रष्टाचार गरेको आरोपमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मेयर भरत कुमार थापा र उप-मेयर लिला कुमारी मोक्तान अहिलेको अबस्थामा निलम्बित छन्  ।

नगर भित्रको खाली पर्ती जमिनमा सुकुम्बासी बस्ती बसाएको आरोपमा सर्लाही जिल्ला वन कार्यालयले थापा र मोक्तानविरुद्ध वन मुद्दासमेत दायर गर्ने तयारी गरेपछि माओवादी केन्द्र  चरणबद्ध आन्दोलनमा उत्रिएको थियो ।

नेकपा माओबादी (केन्द्र)का जिल्ला इन्चार्ज अच्युतम प्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेता अर्जुन पन्तले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button