१० फाल्गुन २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
विद्यालयको पहुँचमा पुग्न नसकेका अपाङ्ग बालबालिकालाई घरमै शिक्षा प्रदान गरिने – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

विद्यालयको पहुँचमा पुग्न नसकेका अपाङ्ग बालबालिकालाई घरमै शिक्षा प्रदान गरिने

सर्लाहीमा विद्यालयको पहुँचमा पुग्न नसकेका २० जना अपाङ्ग बालबालिकालाई घरमै शिक्षा प्रदान हुने भएको छ। सर्लाहीको हरिपुर, ईश्वरपुुर, गोडैता र बलरा नगरपालिकामा बहुअपांगता भएका बालबालिकाहरुलाई शिक्षाको अधिकार सुनिश्चित गर्नका लागि साक्षरता सहजकर्तालाई घरमै पठाएर शिक्षा प्रदान गरिने छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र ग्रामीण नारी उत्थान संघ हरिपुर तथा राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्र मलंगवामा संयुक्तरूपमा संचालित समुन्नति परियोजना अन्तर्गत बहुअपांगता भई विधालयको पहुँचमा जान नसक्ने बालबालिकाहरुलाई घरमै शिक्षा प्रदान गरिने छ ।

ग्रामीण नारी उत्थान संघका कार्यक्षेत्र पर्ने हरिपुर नगरपालिकाका ३ जना र ईश्वरपुर नगरपालिकाका ७ जना र राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्रका कार्यक्षेत्र पर्ने बलरा र गोडैता नगरपालिका गरी १० जना अपाङ्ग बालबालिकालाई घरमै शिक्षा प्रदान गरिने ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष विष्णुप्रसाद चालिसेले बताउनु भयो ।

बहुअपांगता भई विधालयको पहुँचमा जान नसक्ने बालबालिकाहरुलाई घरमै शिक्षामा पहुँच पुर्याउने उधेश्यले शारीरिक अपांगता, दृश्यसम्बन्धि अपांगता, सुनाइ सम्बन्धि अपांगता, श्रवणदृष्टिविहिन अपांगता, स्वर र बोलाई सम्बन्धि अपांगता, मानसिक वा मनोसामाजिक अपांगता र बौद्विक अपांगता भएका बालबालिकाहरुलाई समेत नेपाल सरकारको संविधानमा आधारभुत शिक्षा अनिवार्य भएता पनि अझै विधालय वा कुनै श्रोत विधालयहरुमा हाल सम्म भर्ना हुन नसकेको अवस्थामा सर्लाहीमा प्रथम पटक यो अभयास गरिएको छ ।

हरिपुरका ३ जना र ईश्वरपुरका ७ जना तथा गोडैता र बलराका १० जना साक्षरता सहजकर्तालाई घरमै विधालय सञ्चालन सम्बन्धि ५ दिने तालिम सर्लाही नयाँरोडको सीता प्यालेसमा तालिम प्रदान गरिसकेको छ । अब बालबालिकाहरुको घरमै विधालय गई नेपाल सरकारको एकिकृत पाठ्यक्रममा आधारित कक्षा १ देखि ३ सम्मको पाठ्यक्रमको आधारमा घरमै विधालय संचालन गरेर बहु अपांगता भएका बालबालिकाले सजिलै सिक्न अपांगता मैत्री वातावरणमा कक्षा संचालन गरि बालबालिकाको शिक्षामा पहुँच बढाउने ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष चालिसेले बताउनु भयो ।सहजकर्ताहरुले ३ वर्ष सम्म निरन्तर पढाउने तथा ३ कक्षा पुुर्ण भएपछी पछी ति बालबालिकालाई अपाङ्गमैत्री विद्यालयमा जोडिने छ ।

तालिमको सहजिकरण सेभ द चिल्ड्रेन बर्दिवासबाट राम बहादुर साह र रुवाका शम्भु साह तेलि र राम विश्वास चौधरी त्यस्तै आर आर पिकेका चन्द्रशेखर सहनी र महेश कुमार मण्डलले सहजिकरण गर्नु भएको थियो । कार्यक्रम संचालनको क्रममा हरिपुर नगरपालिकाका शिक्षा प्रमुख नागेश्वर राय द्वारा अनुगमन समेत गरिएको थियो । सो कार्यक्रममा रुवा बाट १० जना र आर आर पिके बाट १० जना गरि जम्मा २० जना सहजकर्ता सहभागिता भएको थियो । तालिमको समापन ग्रामीण नारी उत्थान संघ हरिपुरका अध्यक्ष गोमा देवी न्यौपानेले गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button