२१ असार २०८२, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिवनमा गाडीले किचेर एक जनाको मृत्यु – Nigrani Today
ताजा खबर

हरिवनमा गाडीले किचेर एक जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा गाडीले किचेर एक जनाको मृत्यु भएको छ । हरिवन नगरपालिका–११, स्थित चिनी मिल जाने गेटदेखि १०० मिटर पश्चिमतर्फ हालसम्म पहिचान हुन नसकेको गाडीले किचेर मलङ्गवा नगरपालिका–५, घर भइ हरिवन नगरपालिका–४, तीनघरेस्थित ‘टाइम वार्टर’ नामक पानी फ्याक्ट्रीमा कार्यरत ४५ वर्षीय बुधेश सहनीको मृत्यु भएको हो ।

बिहीबार बिहान २ः३० बजे इलाका प्रहरी कार्यालय हरिवनको मोवाइल गस्ती टोलीले बेवारिसे पुरुषको शव फेला पारेको थियो । ती पुरुषलाई तत्काल नमूना अस्पताल हरिवन लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । सोधखोज गर्दैजाँदा बिहीबार बिहान १० बजेतिर मात्र मृतकको सनाखत भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिनुुभयो ।

इन्स्पेक्टर तामाङले दुर्घटनामा संलग्न सवारी पत्ता लगाउन राजमार्ग क्षेत्रका सिसिटिभी फूटेजको अनुसन्धान जारी रहेको बताउनुुभएको छ । उहाँका अनुसार बुधेश सहनीलाई किच्ने सवारीको पहिचान हुने आधार प्रहरीले फेला पारिसकेको छ ।

घटनापछि मृतक पक्षकाले दुर्घटनामा संलग्न सवारीलाई नियन्त्रणमा लिन माग गर्दै आज दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत तीनघरेस्थित लच्कामा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरूलाई सम्झाइबुुझाइ गरी मृतक सहनीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको प्रहरी निरीक्षक तामाङले बताउनुुभयो । स्रोत ः गोरखापत्र अनलाइन

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button