हरिवन नगरपालिका वडा नम्बर ८ मा हिजोबाट २ दिने नि:शुल्क स्वास्थ्य शिविरको उदघाटन

भक्ती रिजाल
सर्लाही । हरिवन नगरपालिका वडा नम्बर ८ मा हिजोबाट २ दिने नि:शुल्क स्वास्थ्य शिविरको उदघाटन भएको छ ।
हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले स्वास्थ्य शिबिरको उदघाटन गर्दै भने, ” खानपिन रहन सहन र ब्यायामलाई मात्रै ध्यान दिन सके धेरै रोगबाट बच्न सकिन्छ, ” रोगी हुनु भन्दा रोग लाग्नु अगावै सचेत हुनु राम्रो हो भन्दै सबैले रोगको मुल जडी अस्वस्थकर खानपिन भएकोले आजैबाट सचेत रहन अनुरोध गरे ।
हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयाल, वडा नम्बर ८ का वडा अध्यक्ष प्रज्वल ढुंगाना तथा स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरी लगायतले कार्यक्रममा सम्बोधन गरेका थिए ।
हरिवन नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजना तथा जानकी मेडिकल कलेज शिक्षण अस्पताल जनकपुरको प्राविधिक सहयोगमा २ दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविरको उदघाटन भएको हो ।
शिविरमा छाला रोग, नाक, कान, घाँटी तथा हाड, जोर्नी लगायतका रोग बारे विशेषज्ञ डाक्टरहरुबाट चेक जांच तथा उपचार हुने हरिवन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले जानकारी दिए । शिविर आज सम्म चल्ने बताइएको छ ।