
सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ स्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । गए साँझ लालबन्दी तर्फ आउदै गरेको बिआर ०६ एम ७४३८ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक पर्सा गाउँपालिका वडा नं.६ पर्सा टोल बस्ने बिन्दी पासवानको छोरा बर्ष ३० को हरिन्द्र पासवान मृत्यु भएको छ ।
दुुर्घटना पश्चात गम्भिर घाइते भएका पासवानलाई म्याक्स अस्पताल लालबन्दीमा सामान्य उपचार पश्चात थप उपचारको गए राति नै शुभस्वस्तिक अस्पताल बर्दिबास रिफर भएकोमा बर्दिबासमा पनि सामान्य चेकजाँच पश्चात थप उपचारको लागी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम धनुषाको लागी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाही प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिनुुभयो ।
गम्भिर घाइते पासवानको आज( बुधवार ) उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक राईले जानकारी दिनुुभयो ।