इरफान र सुमित्राको ‘एक खिल्ली चुरोट’ सार्वजनिक, टिजरले बढायो कौतुहलता

नेपाली सांगीतिक क्षेत्रमा नयाँ सहकार्य प्रस्तुत गर्दै गायक इरफान अन्सारी र गायिका सुमित्रा कोइराला को नयाँ गीत ‘एक खिल्ली चुरोट’ सार्वजनिक भएको छ। निर्माण टिमले आज लालबन्दी १ नवलपुरमा पत्रकार सम्मेलन गर्दै गीतको पूर्ण अडियोसँगै आकर्षक टिजर एकैसाथ सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको टिजर प्रभावकारी भएको हुदा गीतको भिडियो पनि प्रभावकारी हुने देखिएको छ , जसले दर्शक तथा श्रोतामाझ थप कौतुहलता सिर्जना गरेको छ। आधुनिक शैलीमा तयार पारिएको यस गीतमा प्रेम भावहरू समेटिएको छ। त्यस्तै ‘एक खिल्ली चुरोट पुर्ण रुपमा डान्सिंग गित भएको गायक ईरफानले बताए । ‘एक खिल्ली चुरोट गित युवाहरु तथा दर्शकमाझ लोकप्रिय हुने गायक ईरफानले विश्वास व्यक्त गर्नुभयो ।

गीतमा इरफान अन्सारी र सुमित्रा कोइरालाको सुमधुर स्वर सुन्न सकिन्छ। विशेष कुरा के छ भने, गायिका सुमित्रा कोइरालाले नै यस गीतको शब्द रचना र संगीत तयार पारेकी हुन्, जसले उनको बहुप्रतिभालाई झल्काउँछ।
संगीत Arrange कृष्ण के.सी. ले गरेका छन् भने मिक्सिङ खडक बाजु , कोरियोग्राफी रामजी लामिछाने ,द्वारा गरिएको छ। गीत डायनामिक स्टुडियो मा रेकर्ड गरिएको हो, जहाँ रोजी श्रेष्ठ ले रेकर्डिस्टको भूमिका निर्वाह गरेकी छन्। अभिनय गायक तथा मोडल ईराफन अंसारी र अस्मिता जुरेलीले गर्नु भएको छ ।

टिजरमा देखाइएको दृश्यात्मक झलकले गीतको भिडियो पनि उत्कृष्ट हुने संकेत गरेको छ। गायक इरफान अन्सारीले सामाजिक सञ्जालमार्फत गीतलाई माया गरिदिन सबै श्रोताहरूसँग आग्रह गरेका छन्। निर्माण पक्षले ‘एक खिल्ली चुरोट’ ले नेपाली सांगीतिक बजारमा फरक पहिचान बनाउने विश्वास व्यक्त गरेको छ। साथै, गीतको पूर्ण भिडियो पनि छिट्टै सार्वजनिक गरिने जानकारी दिइएको छ।



