२४ भाद्र २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जेनजि प्रदर्शनकाका कारण सर्लाही तातियो, कफ्र्यु आदेश जारी – Nigrani Today
ताजा खबर

जेनजि प्रदर्शनकाका कारण सर्लाही तातियो, कफ्र्यु आदेश जारी

सर्लाही, भदौ २४ । सर्लाहीको ग्रामिण बस्ती देखि सहर सम्म जेनजि प्रदर्शनकाका कारण सर्लाही तातिएको छ । सर्लाहीको मुख्य व्यपारीक ठाउँहरु त्था ग्रामिण बस्तीमा पनि बिहानै देखि युवाहरु आन्दोलन गरिरहेको छ । सर्लाहीको लालबन्दी, हरिवन, बयलबास, बरहथवा, कविलासी, मलंगवा, हरिपुर्वा, गोडैता लगायत अधिकांश ठाउँमा प्रदर्शनकारीहरुले प्रदर्शन गरिरहेका छ । यस्तै सर्लाही सदरमुकाम मलंगवामा नेकपा एमालेको कार्यलयमा प्रदर्शनकारीहरुले तोडफोड गर्नुको साथै आगजानी समेत गरेका छन । सदरमुकाम मलंगवामा प्रहरी र पदर्शनकारीहरु बिच तनाब बढपछी प्रहरीले केही राउण्ड टियर ग्याँस पनि हानेका छन । जेनजि प्रदर्शनका क्रममा केही युवाहरुलाई प्रहरीले पक्राउ पनि गरेको छ । युवाहरुलाई पक्राउ गरेपछी मलंगवामा युवाहरु प्रदर्शन झन चर्काएको छ ।
त्यस्तै सर्लाहीको ईश्वरपुर स्थित बयलबास बजारमा युवाहरुले प्रधामन्त्री केपी शर्मा ओली, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, काठमाडौका प्रमुख जिल्ला अधिकारी छवि रिजालको पुतला दहन गरेको छ ।

लालबन्दीमा कफ्र्यु
जेनजि प्रदर्शनका क्रममा उत्पन्न भएको तनावजन्य अवस्था नियन्त्रण गर्न सर्लाही जिल्लाको लालबन्दी नगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले कफ्र्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठद्वारा जारी आदेश अनुसार सार्वजनिक सम्पत्तिमा क्षति, सर्वसाधारणको सुरक्षामा खतरा तथा शान्ति भंग हुन सक्ने अवस्था देखिएकाले आज दिउँसो १ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यु लागू गरिएको हो ।

कफ्र्यु आदेशअनुसार लालबन्दी नगरपालिका अन्तर्गत पूर्वमा लालबन्दी फुटबल मैदानदेखि पश्चिममा लखन्देही खोला, दक्षिणमा जब्दी खोला÷जुटपानी र उत्तरमा बाहुनी खोला÷श्री जनता उच्च मा.वि. नवलपुरसम्मको क्षेत्रमा आवतजावत, भिडभाड, हिँडडुल तथा कुनै प्रकारका गतिविधि गर्न प्रतिबन्ध गरिएको छ । जिल्ला प्रशासनले आदेश उल्लंघन गर्नेहरूमाथि कानुन बमोजिम कारबाही हुने चेतावनी दिँदै सुरक्षाकर्मीले आवश्यकताअनुसार बल प्रयोग गर्न सक्ने जनाएको छ ।

मलंगवामा पनि कफ्र्यु
जेनजि प्रदर्शनकाका कारण मलंगवा नगरपालिकाको विभिन्न क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थाका कारण जिल्ला प्रशासन कार्यालय, सर्लाहीले कफ्र्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले सार्वजनिक सम्पत्ति र नागरिकको सुरक्षा सुनिश्चित गर्न आज दिउसो २ जेदेखि अर्को आदेश नभएसम्मका लागि कफ्र्यु आदेश जारी गर्नुभएको छ । कफ्र्यु मलंगवाको पूर्वमा टावर चोक, पश्चिममा खानेपानी चोक, दक्षिणमा नगरपालिका चोक, उत्तरमा स्वास्थ्य कार्याल भन्दा उत्तर रहेको स्तुती सौम्य क्लिनिक मलंगवा नगरपालिका वडा नं. १० सम्म जारी गरिएको छ । प्रजिअ श्रेष्ठले जारी आदेश उल्लङ्घन गर्नेहरूमाथि आवश्यक बल प्रयोगसहित कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि दिएका छन्। स्थानिय प्रशासनले शान्ति सुरक्षा कायम राख्न नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button