२ आश्विन २०८२, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जन्ता समाजवादी पार्टी, नेपालको अध्यक्षमा चन्द्रनगर निवासी रंधिर कुमार यादव चयन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

जन्ता समाजवादी पार्टी, नेपालको अध्यक्षमा चन्द्रनगर निवासी रंधिर कुमार यादव चयन

जन्ता समाजवादी पार्टी, नेपाल (जसपा) सर्लाहीको अध्यक्षमा मधेश आन्दोलनमा घाइते भएका चन्द्रनगर निवासी रंधिर कुमार यादव चयन हुनुभएको छ । जन्ता समाजवादी पार्टी, नेपाल सर्लाहीको कार्यसमिति चयन गर्दा एक मात्र उम्मेदवार भएको हुदाँ चन्द्रनगर गाउँपालिका वडा नं. ५ मोहनपुर निवासी यादव निर्विरोध निर्वाचित भएको जन्ता समाजवादी पार्टी, नेपाल जनाएको छ ।

जन्ता समाजवादी पार्टी, नेपालको निर्वाचन भदौ २२ गते नै सम्पन्न गर्नुपर्ने भए पनि आन्तिरीक बिवादका कारण निर्धारित समयमा हुन सकेको थिएन तर बिहिवार नव निर्वाचित जिल्ला अध्यक्ष यादव सहित २६ जनाको उम्मेदवारी परेको थियो । २६ जना बाहेक अरु कसैले उम्मेदवारी नदिएपछि नव निर्वाचित अध्यक्ष यादव सहित तत्कालको लागि २६ सदस्य जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएको जसपा नेपाल जनाएको छ ।

‎निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा कृष्ण कुमार यादव र महिला उपाध्यक्षमा शुसिला देवी चयन भएका छन्। त्यस्तै, सचिवमा दिनेश साह, कोषाध्यक्षमा गिरधारी यादव, उप–सचिवमा रामगोबिन्द यादव रहेका छन्।‎

‎त्यसैगरी सदस्य खुल्लातर्फ कालिचन यादव, शिवेन्द्र मोहन यादव, हरिवंश महतो, विजय राय, यदुवंशी साह, कृष्ण प्रसाद यादव, विजय साह, सुवोध कुमार हजारी, रामकेवल माझी, फातमा खातुन, इश्वर नारायण सिंह, लक्ष्मी नारायण चौधरी र रबिन्द्र यादव चयन भएका छन्।‎

‎महिला सदस्यमा दहौरी देवी दुसाध, जगपतिया देवी, रेणु कुमारी पासवान, रम्भा कुमारी यादव र रेखा माझी सदा रहेका छन् भने मुस्लिम सदस्यतर्फ ताहिर मिकरानी निर्वाचित भएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button