२ आश्विन २०८२, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही हरिपुर्वामा मोटरसाइकलको ठक्कर बाट पैदल यात्री वृद्धको मृत्यु – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

सर्लाही हरिपुर्वामा मोटरसाइकलको ठक्कर बाट पैदल यात्री वृद्धको मृत्यु

सर्लाहीमा मोटरसाइकलको ठक्कर बाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपुर्वा नगरपालिका वडा नं. ५ संग्राम्पुर निवासी ६८ वर्षिय गजेन्द्र साह रहेको छ ।

बिहिवार साझको समयमा हरिपुर्वा न.पा. ५ स्थित संग्राम्पुर बाँके सडकखण्डमा बाँकेबाट संग्राम्पुर तर्फ जादै गरेको बिआर ३० एइ ८२२० नम्वरको मोटरसाइकलले पैदल यात्री साहलाई ठक्कर दिँदा उनि गम्भिर घाइते भएको थियो ।

गम्भिर घाइते साहलाई प्रादेशिक अस्पताल मलंगवामा उपचारको लागि लगदा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृत्क साहलाई ठक्कर दिने मोटरसाइकल चालक पर्सा गाउँपालिका वडा नं. ५ बस्ने २४ वर्षिय सरवन कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानको कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button