३ मंसिर २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुरको पिपलदमार स्वास्थ्य शिविर – Nigrani Today
समाचारसमाजस्थानीय

ईश्वरपुरको पिपलदमार स्वास्थ्य शिविर

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं १२ पिपलदमार स्वास्थ्य शिविर गरिएको छ । मंगलवार नगर प्रमुख मनोज कुमार आचार्यको विशेष आतिथ्यतामा स्वास्थ्य शिविर सम्पन्न भएको हो । मेयर संग ज्येष्ठ नागरिक तथा ज्येष्ठ नागरिकको लागि स्वास्थ्य शिविर कार्यक्रममा विभिन्न किसिमको स्वास्थ्य सेवा प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख सुगेन्द्र महतोले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा जनरल स्वास्थ्य सेवा १ सय ३० जना, महिला प्रजनन् स्वास्थ्य सेवा अन्तर्गत ६७ जनाले सेवा लिएका थिए । यसैगरी भिआए मा ३० जनाले सेवा लिएका थिए जसमध्ये १० जनामा पोजेटिभ देखिएको थियो । त्यस्तै अन्य सेवामा १७ जनाले सेवा लिएका थिए । यसैगरी २ सय २७ जनाले आँखा उपचार सेवा लिएको र ति मध्ये २८ जना अप्रेशन गर्नुपर्ने भएकोले उनिहरुलाई रेफर गरिएको स्वास्थ्य शाखा प्रमुख महतोले बताउनुभयो ।

यसैगरी २ सय ४ जनाले.आयुर्वेद सेवा, २ सय ४० जना कृषक परिवारले पशु सेवा लिएका लिएका थिए । त्यस्तै पिपलदमारका १ सय २७ जना बालबालिका लाई समाजसेवी सुनिता आचार्य (लायन्स क्लब)बाट न्यानो कपडा तथा कापी वितरण गर्नुभएको स्वास्थय शाखा प्रमुख महतोले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button