
सर्लाही,१७ मंसिर । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नव–नियुक्त प्रमुख प्रशासकीय अधिकृत जय किशोर साह हाजिर हुनुभएको छ । बुधबार उहाँले औपचारिक रूपमा गाउँपालिकामा पदभार ग्रहण गर्नुभएको हो ।
प्रमुख प्रशासकीय अधिकृत साहलाई गाउँपालिका अध्यक्ष राजकुमार महतो, उपाध्यक्ष गीता देवी महतो, वडा अध्यक्षहरू, जनप्रतिनिधि तथा कर्मचारीहरूले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा जनप्रतिनिधिहरूले उहाँको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै गाउँपालिकाको समग्र विकास र सुशासनका लागि सहकार्यमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।



