प्रादेशिक अस्पताल मलङवाको समिति मनोनयन असंवैधानिक भन्दै स्थानीय युवाको विरोध प्रदर्शन

सर्लाही,१७ मंसिर । प्रादेशिक अस्पताल मलङवाको सञ्चालन तथा विकास समिति अध्यक्ष तथा पदाधिकारीको मनोनयन असंवैधानिक रहेको आरोप लगाउँदै स्थानीय युवाहरूले टायर बालेर विरोध प्रदर्शन गरेका छन् । बुधवार अस्पताल अगाडी युवाहरूले प्रदर्शन गर्दै निर्णय तत्काल खारेज गर्न माग गरेका हुन् । मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार कविलासी नगरपालिका वडा नं ६ जमुनिया बस्ने दिपेन्द्र कुमार यादवलाई अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष मनोनयन गरेका थिए ।
वर्तमान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले कुनै पनि दीर्घकालीन तथा नीतिगत निर्णय नगर्ने आदेश दिएको अवस्थामा प्रादेशिक अस्पतालमा यादवलाई अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष मनोनयन तथा सदस्यको मनोनयन असंवैधानिक रहेको भन्दै पदभार ग्रहण कार्यक्रमको बिरोधमा युवाहरूले अस्पताल वरपर बिरोध गरेको छ । युवाले बुधबार बिहान १० बजे प्रादेशिक अस्पताल मलंगवामा विरोध कार्यक्रम आयोजना गरेको थियो ।
मलंगवा नगर संरक्षण तथा सुधार समितिले बाल मंन्दिर चोक मा टायर बालेर बिरोध गरेको वडा अध्यक्ष धिरेन्द्र साहले जानकारी दिनिभयो
प्रदर्शनकारीहरूले समिति मनोनयन गर्दा विधि, प्रक्रिया र कानुनी मापदण्डको पालना नगरिएको आरोप लगाएका छन् । उनीहरूका अनुसार राजनीतिक पहुँचका आधारमा जबरजस्ती रूपमा समिति गठन गरिएको छ, जसले अस्पतालको सेवा प्रवाहमा नकारात्मक असर पर्ने खतरा बढेको स्थानिय युवा धिरेन्द्र मिश्रले बताउनुभयो ।
अर्का स्थानीय युवा अगुवा चन्दन सिंहले अस्पताल जस्तो संवेदनशील संस्थामा पारदर्शी र योग्य व्यक्तिहरूको चयन हुनुपर्नेमा जोड दिँदै भने, “राजनीतिक भागबण्डाका आधारमा समिति बनाइनु जनताको स्वास्थ्य अधिकारमाथिको खेलवाड हो । यो मनोनयन खारेज नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ ।”सर्बोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्रीलाई दिर्घकालिन कार्य नगर्न स्पष्ट निर्देशन दिए पनि एमालेको झोलेलाई प्रादेशिक अस्पतालमा विकास समितिको नियुक्ति दिएको सिंहले आरोप लगाउनुभयो । अस्पतालमा राजनितीक दलको झोले बाहेकको स्वतन्त्र व्यक्तिलाई नियुक्ति दिनुपर्ने यिवाहरुले माग गरेको छ ।
प्रदर्शनका क्रममा युवाहरूले “असंवैधानिक समिति खारेज गर”, “पारदर्शी नियुक्ति गर” मुख्यमन्त्री सरोज यादव मुर्दावाद जस्ता नाराबाजी गरेका थिए ।
प्रदर्शनकारी युवाहरूले सम्बन्धित निकायले तत्काल उक्त मनोनयन पुनरावलोकन नगरे अझ कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
मन्त्रालयले अस्पताल संचालन तथा व्यवस्थापन समिति गठन कार्यविधि, २०७९ को दफा ३ को उपदफा (१) (क) बमोजिम अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष मनोनयन गर्ने व्यबस्था भए बमोजिम मुख्यमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रिस्तरको निर्णयानुसार यादवलाई प्रादेशिक अस्पताल मलंगवा, सर्लाहीको अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष पदमा मनोनयन गरेको थियो।



