६ पुष २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जनमत छोड्दै आजपा रोज्दै नेताहरु मधेसमा झनझन बलियो बन्दै आजपा – Nigrani Today
Uncategorized

जनमत छोड्दै आजपा रोज्दै नेताहरु मधेसमा झनझन बलियो बन्दै आजपा

जनमत पार्टीका कार्यकारिणी समिति, केन्द्रीय कमिटी सहित विभिन्न जिम्मेवारीमा रहेका दर्जनौं नेताहरु पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको गृहनगर रौतहटको मौलापुर नगरपालिकाको पतौरा बजारमा आज आयोजित एक कार्यक्रमका बीच नेताहरु जनमत पार्टी परित्याग गर्दै आजपामा प्रवेश गरेका हुन ।

यसरी पार्टी प्रवेश गर्नेहरुमा जनमत पार्टीका कार्यकारिणी समिति सदस्य सुनिल यादव, केन्द्रीय सदस्य सियाराम जयसवाल, केन्द्रीय सदस्य विनोद यादव, सांस्कृतिक जनमत संघका केन्द्रीय सदस्यद्धय दिपक बैठा, रामबाबु यादव रहेका छन् ।

यसैगरी जनमत पार्टी बाराका सदस्य एवं सुवर्ण गाउँपालिकाका इन्चार्ज कामेश्वर मुखिया, देवताल गाउँपालिका अध्यक्ष संदिप यादव, महागढीमाई नगरपालिका सचिव राजेश यादव, देवताल गाउँपालिका सचिव कौशल कुशवाहा, वडा नं. ६ का वडा अध्यक्ष कपिलदेव पण्डित, महागढीमाई नगरपालिका वडा नं. ६ का पूर्व वडा अध्यक्ष कुबेर यादव, सचिव हरिन्द्र यादव, बारा जिल्ला सदस्य उमाशंकर दास, पुन्देव चौरसिया, पतौरा ९ का वडा अध्यक्ष सविन्द्र यादव लगायतका नेताहरु आजपामा प्रवेश गरेका छन् ।

जनमत पार्टी परित्याग गरी आजपा प्रवेश गर्ने नेताहरु बारा जिल्ला क्षेत्र नं. २ का बढी रहेका छन् । पछिल्लो समय जनमत पार्टी परित्याग गर्दै आजपामा प्रवेश गर्ने नेताहरुको संख्या बढदै गइरहेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।

उनीहरुलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका, माला, अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् । आजपामा स्वागत गर्दै उनले सफल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरेका छन् ।

यसअघि जनमत पार्टीका केन्द्रीय सदस्यहरु विक्रमबहादुर बम, उदयपुर जिल्ला इन्चार्ज पुष्पराज भण्डारी, तिलक भण्डारी सहितका नेताहरु गत बुधबार आजपामा प्रवेश गरेका थिए ।

जनमत पार्टी परित्याग गरी आजपामा प्रवेश गर्ने नेताहरुले जनमतले मुलुकको नेतृत्व गर्दै नेपाली जनताको आवश्यक्ता, चाहना पुरा गर्न नसक्ने भएकाले आफूहरुले आजपामा प्रवेश गरेको जनाएका छन् ।

आजपाले लिएको रणनीति, उठाउदै आएको मुद्धाले मुलुक र नेपाली जनताको पक्षमा रहेको र आजपाले मुलुकको नेतृत्व गर्दै समृद्धिको स्पष्ट खाका सहित अगाडी बढेकाले आजपामा प्रवेश गरेको उनीहरुले जनाएका छन् । आजपाको नेतृत्व, नीति, विचार नै अहिलेको आवश्यक्ता भएकाले अन्य नेतालाई समेत उनीहरुले आजपामा गोलबद्ध हुन आह्वान गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button