सर्लाही क्षेत्र नं. १ मा रास्वपाकी उम्मेदवार नितिमा भण्डारी कार्की ३६ हजार बढि मतान्तरसहित जिजयी

सर्लाही क्षेत्र नं. १ मा रास्वपाकी उम्मेदवार नितिमा भण्डारी कार्की भारी मतान्तरसहित जिजयी हुनुभएको छ । सर्लाही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीले ४४ हजार १ सय ८१ मत प्राप्त गरी भारी मतान्तरसहित जिजयी हुनुभएको छ । कार्की आफनो निकटतम प्रतिस्पर्धीभन्दा ३६ हजार ३ सय १० मतान्तरले जित हासिल गर्नुभएको हो ।
उहाँको निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८ सय ७१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै क्षेत्र नं. १ मै तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार मनोज कुमार देवकोटाले ६ हजार १ सय १, नेपाली कम्युनिस्ट पार्टीका प्रमोद साहले ५ हजार ४ सय ९८, जसपाका रामप्रकाश चौधरीले ३ हजार ९ सय ९१ मत प्राप्त गर्नुभएको छ ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ३० हजार ८ सय ७१ मतदाता रहेकोमा ५३ हजार … सय ५ सय २९ मत खसेको निर्वाचन अधिकृत टिका बहादुर थापाले जानकारी दिनुभयो ।



