सर्लाही क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार रबिन महतो ३३ हजार बढि मतान्तरसहित निर्वाचित

सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रबिन महतो भारी मतान्तरसहित निर्वाचित हुनुभएको छ।
मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलिया अनुसार महतो ४२ हजार हजार ५ सय १२ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्र राय यादवलाई पराजित गर्नुभएको छ ।
महतो ३३ हजार ९ सय ८९ मतान्तरले जित हासिल गर्नुभएको हो । महतोका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्र राय यादवले ८ हजार ५ सय २३ मत मात्र प्राप्त गर्नुभयो।
त्यसैगरी तेस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका डा. सरोज कुमार यादवले ७ .हजार ३९ मत र राष्ट्रिय मुक्ति पार्टी नेपालका उम्मेदवार राजेन्द्र महमतोले ५ हजार ९ सय ९२ मत मात्र ल्याउनुभयो।
सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख २५ हजार ३ सय ११ मतदाता रहेकोमा ७८ हजार २ सय २ मत खसेको मुख्य निर्वाचन अधिकृत थपलियाले जानकारी दिनुभयो ।



