२५ फाल्गुन २०८२, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा यु-१४ मधेस प्रदेश विधालय स्तरीय फुटबल प्रतियोगिता सुरु – Nigrani Today
खेलकुदताजा खबरसमाचारसमाजस्थानीय

सर्लाहीमा यु-१४ मधेस प्रदेश विधालय स्तरीय फुटबल प्रतियोगिता सुरु

सर्लाही,२५ फागुन ।सर्लाहीको हरिपुर नगरपालिकामा यु-१४ मधेस प्रदेश विधालय स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।अखिल नेपाल फुटबल संघ (एनफा) अनुसार मधेश प्रदेश फुटबल संघको आयोजना, हरिपुर नगरपालिकाको आर्थिक सहयोग, र लक्ष्मी नाथ युवा क्लबको सहयोगमा आज बाट मधेस प्रदेश विधालय स्तरीय १४ वर्ष मुनिका फुटबल प्रतियोगिता सुरु भएको छ ।

विधालय स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रामचन्द्र चौधरी र हरिपुरका नगर प्रमुख गोपाल पजियारले संयुक्त रुपमा गर्नुभएको हरिपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष मनोज कुमार चौधरीले जानकारी दिनुभयो ।

हरिपुरमा जारी प्रतियोगितामा मधेस प्रदेशका पर्सा बाहेक ७ वटा जिल्ला बाट ७ वटा महिला टिम र आठ वटै जिल्लाको आठ वटा पुरुष टिम गरि जम्मा १५ टिमको सहभागीता रहेको छ ।

प्रतियोगिताको फाइनमा बिजेता टिम १४ वर्ष मुनिका विधालय स्तरीय राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा मधेश प्रदेश बाट सहभागीता हुने छ ।

राष्ट्रिय स्तरको प्रतियोगितामा ७ वटै प्रदेशको टिम सहभागी हुने नेपाल फुटबल प्रशिक्षक संघका केन्द्रीय उपाध्यक्ष अर्जुन चौधरीले जानकारी दिनुभयो ।प्रतियोगितामा ८ वटै जिल्लाको बिजेता टिमको सहभागीता रहेको छ।प्रतियोगिता फागुन ३० गते सम्म चल्ने आयोजकले जनाएको छ ।

आज जारी पहिलो प्रतियोगितामा रौतहट र सप्तरी बिच कडा प्रतिस्पर्धा भएको थियो। रौतहटले ० को विरुद्ध २ गोल गर्दै सप्तरीलाई पराजित गरेको छ ।पहिलो खेलको प्रतियोगितामा म्यान अफ द म्याच अमीत गुरो बनेका थिए ।दोस्रो खेल सर्लाही र पर्सा बिच भएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button