खेलकुद
किसनपुरमा यु–१६ जेन–जी क्रिकेक कप प्रतियोगिता सुरु

सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं.१ किसनपुरमा यु–१६ जेन–जी क्रिकेक कप प्रतियोगिता सुरु भएको छ । जेन–जी युथ चन्द्रनगर–१ को आयोजना तथा जेन–जी युवा अमित महतोको सहजिकरणमा आइतवार देखि १६ वर्ष मुनिका जेन–जी क्रिकेक कप प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा जेन–जी सर्लाहीका अध्यक्ष सुनिल कुमार महतोले गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ५ हजार, कप, मेडल प्रदान गरिने छ भने दोश्रो हुने टिमलाई ३ हजार, कप, मेडल तथा प्रमाण पत्र प्रदान गरिने छ ।
प्रतियोगितामा चन्द्रनगर, ईश्वरपुर, ब्रह्म्पुरी, कविलासी,चक्रघट्टा तथा हरिपुर लगायतको पालिकाहरु गरी १६ वर्ष मुनिका २० टिमको सहभागिता रहेको छ ।



