२५ बैशाख २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीका सुरक्षा अधिकारीले १४ सय ५६ जनालाई वाडे विभिन्न सामग्री – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीका सुरक्षा अधिकारीले १४ सय ५६ जनालाई वाडे विभिन्न सामग्री

सर्लाही,२७ फागुन । सर्लाहीमा सर्लाहीका सुरक्षा अधिकारीहरुले जिल्लाका विभिन्न ठाउँमा हाल सम्म १४ सय ५६ जनालाई विभिन्न किसिमको सामग्री बाडेका छन । गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाकोले विपन्न,दलित, पिछिडिएको क्षेत्र, अपाङ्ग तथा विपन्न बालबालिकाहरुको लागि विभिन्न किसिमको लुगा सहित अन्य सामग्री पाठाएपछि जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार सर्लाहीको २० वटै पालिकामा क्रमवद्ध रुपमा मुसहर, दलित बस्ती, विपन्न, तथा विपन्न बालबालिकाहरु अपाङ्गता भएका व्यक्तिहरुलाई वितरण गरिने सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।

सुरक्षा अधिकारीहरुको उपस्थितिमा हाल सम्ममा चक्रघाट्टा गाउँपाकिामा २ सय ३० जनालाई लुगा लगायत विभिन्न सामग्री, धनकौल गाउँपालिकामा टि–सर्ट ९५,जुता ३० जना गरी १ सय ५ जनालाई,रामनगर गाउँपालिकामा १ सय जनालाई जुता,३० जनालाई चप्पल, ३५ जनालाई हाफ प्यान्ट गरी १ सय ६५ जनालाई वितरण गरिएको छ ।त्यस्तै बागमती नगरपालिका वडा नं. ४ स्थित चेपाङ्ग बस्तीमा २ सय १२ जनालाई विभिन्न किसिमको लुगा वितरण गरिएको छ ।

त्यस्तै मलंगवा नगरपालिका वडा नं. ३ स्थित दलित बस्तीमा पातलो ज्याकेट ७० थान ,मोटो ज्याकेट १५ थान, टि सर्ट ८० थान तथा जुता ६५ थान गरी २ सय ३० जनालाई वितरण गरिएको छ ।यसैगरी लालबन्दी नगरपालिका वडा नं. २ स्थित रहेको पद्म भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा टि–सर्ट १७ थना, हाफ पैन्ट १७ थान, चप्पल ३० जोर, कपडा १ रोल गरी ६४, वडा नं. ४ मुसहर बस्तीमा टि–सर्ट २ सय जनालाई,फुल प्यान्ट २ सय जनालाई, सर्ट ३० जना गरी ४ सय ३० जनालाई वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभयो ।

लुगा लगायत विभिन्न सामग्री वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, उप. अ.नि. का चन्दन कुमार झा, लगायत सम्बन्धित पालिकाको व्यक्तिहरुको उपस्थितिमा वितरण हुने गरेको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले बताउनुभयो । यस अघि पनि जिल्लाका सुरक्षा अधिकारीहरुकै उपस्थितिमा जिल्ला विपद व्यवस्थापन समितिले सर्लाहीका विभिन्न पालिकामा रहेका सामुदायिक विद्यालयहरुमो ७ सय जना बालबालिकाहरुलाई न्यानो स्विटर वितरण गरिसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.