१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्रदेश २ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ – Nigrani Today
ताजा खबरराजनीतिसमाचार

प्रदेश २ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम – प्रदेश २ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शपथ लिएका छन्।

मुख्यमन्त्री लालबाबु राउतले नेकपा माओवादी केन्द्रलाई सरकारमा सामेल गरेर मन्त्रिमण्डल विस्तार गरेपछि नवनियुक्त आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह प्रदेश प्रमुख राजेश झाबाट र राज्यमन्त्री रुविकुमारी कर्ण मुख्यमन्त्री लालबाबु राउतबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

मधेस भवनमा आयोजित कार्यक्रममा मन्त्री र राज्यमन्त्रीले शपथ लिएका छन्। माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका साह महोत्तरी क्षेत्र नं। १ को ख बाट निर्वाचित सांसद हुन् भने कर्ण सप्तरीबाट सांसद छिन्।

माओवादी केन्द्रलाई यसअघि नै मन्त्रिपरिषद् विस्तार भएको समय सामेल गराउने प्रयास गरिए पनि मन्त्रालयको भागबन्डा नमिल्दा अन्तिम समयमा आएर प्रयास असफल भएको थियो।

यसअघि शनिबार नै आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका थिए।
माओवादी केन्द्र सरकारमा गएसँगै अब यस प्रदेशमा नेकपा ऐमाले मात्र विपक्षीका रूपमा रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.