१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जसपा सांसद प्रमोद साह भन्छन् : म ठाकुर-महतो पक्षमा छैन – Nigrani Today
ताजा खबरसमाचार

जसपा सांसद प्रमोद साह भन्छन् : म ठाकुर-महतो पक्षमा छैन

सर्लाही (१ बाट प्रत्यक्ष निर्वाचित जनता समाजवादी पार्टी सांसद प्रमोद साहले आफू जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको पक्षमा नरहेको स्पष्ट पारेका छन्।

जसपा सांसद साहले ठाकुर र महतोले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीलाई साथ दिएकाले आफू त्यो समूहमा नरहेको बताए।

मैले प्रतिनिधिसभा विघटन भएपछि नै उहाँहरूको साथ छोडेको हो। प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि म जसपा अध्यक्ष उपेन्द्र यादवले बोलाउनुभएको संसदीय दलको अनौपचारिक बैठकमा गएको हो,ुउनले भने,ठाकुर र महतोको एजेण्डा समेत पराजित भएको छ। उहाँहरू पुरानो विचार बोक्नेहरूको साथमा हुनुहुन्छ।

उनले आफूलगायत आधा दर्जन सांसदले ठाकुर(महतो समूह छोडेको दाबी गरेका छन्।

शनिबारको बैठकमा साहसहित ५ जना ठाकुर(महतो समूहका सांसद सहभागी थिए। सर्लाहीबाट निर्वाचित साह पूर्व राष्ट्रिय जनता पार्टीका हुन्।

 

जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच सांसद अर्का अध्यक्ष उपेन्द्र यादव पक्षतिर लागेका छन्।

अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रूही नाथ यादव पक्षतिर लागेका हुन्। यसअघि उनीहरू ठाकुर पक्षमा लागेका थिए।

उनीहरू अहिले बालकुमारीस्थित संसदीय दलको अनौपचारिक बैठकमा सहभागी भएको स्रोतले बतायो।

उनीहरूसहित अब उपेन्द्र यादव पक्षमा १७ सांसद छन्।

जसपामा लागेका प्रमोद साहबाहेक अरू समानुपातिक सांसद हुन्। साह भने सर्लाहीबाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन्। उनी यसअघि पनि संसद विघटनको विपक्षमा उभिएका थिए। उनी महन्थ ठाकुरले बोलाएको बैठकमा उपस्थित थिएनन्।

यसअघि जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले आफूहरूलाई अलग(अलग गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेका थिए।

उनीहरूमा देखिएको विवाद निरूपण गर्न निर्वाचन आयोजले इजलास गठन समेत गरेको छ।

साउन ३ गते बिहान ११ बजे जसपा विवाद निरूपणबारे इजलास बैठक राखिएको छ। त्यसका लागि जसपाका दुबै पक्ष अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई बोलाइएको छ।

जसपामा अध्यक्ष ठाकुर र यादवले एकअर्कालाई कारबाही गरेका थिए।

यादव पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर दिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.