१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
बृद्धाश्रममा ८४ वर्षीय बृद्धले गरे नगदसहित खाद्य सामाग्री सहयोग – Nigrani Today
ताजा खबरप्रदेश २समाचारस्थानीय

बृद्धाश्रममा ८४ वर्षीय बृद्धले गरे नगदसहित खाद्य सामाग्री सहयोग

प्रेमनाथ पौडेल

नवलपुर । सर्लाहीको लालबन्दी २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धाश्रममा एक ८४ बर्षका बृद्धले नगदसहित खाद्य सामाग्री सहयोग गर्नुभएको छ । वडा नम्बर १ नवलपुर घर भएका बृद्ध हित बहादुर बस्नेतले आश्रममा खाद्यान्न सहयोग गर्नुभएको हो ।

बस्नेतले आफ्नो जन्मदिनमा छोरा बुहारी, नातीसहित पुगेर बृद्धाश्रममा नगद र चामल, दाल, तेल, नुन, आलु, प्याज, चिनि, चियापति, बिस्कुट लगायतका खाद्य सामाग्री प्रदान गर्नु भएको आश्रमकि व्यबस्थापक भवानि कोईरालाले जानकारी दिनुभयो । बृद्ध बस्नेतले आफुले आफ्नो सामाजिक सुरक्षा भत्ताको रकमबाट आश्रममा आश्रीत ५६ जनाको लागी केहि नगद र खाद्यान्न प्रदान गरेका उनका जेठो छोरा कबिर बस्नेतले बताउनुभयो ।

अर्को पटकको भत्ताले अनाथ बालबालीकाको लागी सहयोग गर्ने ईच्छा रहेको बताउँदै बृद्ध बस्नेतले दिन दुखिको सेवा र मद्धत गर्न पाउँदा सारै खुसि लागेको प्रतिकृया दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.