१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) बारा जिल्ला कमिटी घोषणा – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचार

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) बारा जिल्ला कमिटी घोषणा

कलैया,३१ भदाै ।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) बारा जिल्ला कमिटीको आज घोषणा भएको छ ।

कलैयामा आज भएको जिल्ला भेलाले सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१ सदस्यीय जिल्ला कमिटीको घोषणा भएको हो । प्रदेश २ का सांसद समेत रहेका बिश्वकर्मा यसअघि एमालेका जिल्ला अध्यक्ष समेत हुन ।

एकीकृत समाजवादी बारा जिल्ला कमिटीको उपाध्यक्षमा उसमान अंसरी र बिजेन्द्र चौधरी सचिवमा विक्रम ठाकुर र उपसचिवमा राजेन्द्र प्रसाद कलवार रहेका छन् ।

जिल्ला कमिटीको सदस्यमा बतहु यादव, ध्रुव यादव, कृष्ण खनाल, रमेश सुबेदी, सुभाष साह, बलिराम ठाकुर, गौरी ढकाल, शुभनारायण साह, राजेश पटेल, गणेश रिजाल, मनोज गुप्ता लगायतका रहेका छन् ।

जिल्ला भेलालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य एवं प्रमुख अतिथि नागेन्द्र चौधरीले समाजवादी आन्दोलनकालागि एकीकृत समाजवादी पार्टीमा आवद्ध हुन आह्वान गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीको दम्भ, घमण्ड एवं तानाशाही शैलीका कारण कम्युनिस्ट आन्दोलनले ठुलो नोक्सानी भएको बताउदै नेता चौधरीले कम्युनिस्ट आन्दोलनको संरक्षण तथा जोगाउनका लागि एकजुट भएर आगाडी बढन निर्देशन दिए ।

यसैगरी अर्का केन्द्रिय सदस्य एंव बिशिस्ट अतिथि दिनेश राईले ओलीको ब्याक्तीबादी चरित्रले पार्टीलाई एउटा कम्पनीको रूपमा एमाले अगाडि भढन खोजेपछि बिद्रोह गर्नु परेको बताए ।

झन्डै दुई तिहाईको ओली सरकारले जनताको पक्षमा काम नगरी मनोमानी रूपमा अगाडी बढ्दा कम्युनिस्ट पार्टीले नोक्सानी ब्यहोर्नु परेको बताए ।

भेलामा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य बिभा कार्की, प्रदेश सांसद सीता गुरुङ, प्रदेश २ कमिटीका सदस्य छ्ठु यादव, श्रीप्रसाद पासवान, बिक्रम राम, सुरेन्द्र यादव, छबिलाल उप्रेती, अनेम संघका केन्द्रिय सदस्य चमिना भट्टराई लगायतको सहभागिता रहेको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.