१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
बरहथवामा लोककला संरक्षण तथा प्रवर्द्धन गर्न सप्ताहव्यापी कार्यक्रम गरिदै – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजसाहित्य कलास्थानीय

बरहथवामा लोककला संरक्षण तथा प्रवर्द्धन गर्न सप्ताहव्यापी कार्यक्रम गरिदै

सर्लाही,१६ वैशाख ।सर्लाहीको बरहथवा नगरपालिकामा सप्ताहव्यापी लोककला प्रशिक्षण एंव अन्तरक्रिया कार्यक्रम आज सम्पन्न हुने भएको छ।

शनिवार वर्क प्लान नेपाल, बरहथवा, साँस्कृतिक संस्थान जमल, काठमाडौं तथा बरहथवा नगरपालिकाको समन्वयमा लोककला संरक्षण तथा प्रवर्द्धन गर्न सप्ताहव्यापी लोककला प्रशिक्षण एंव अन्तरक्रिया कार्यक्रम गरिदै छ।

सप्ताहव्यापी लोककला प्रशिक्षण कार्यक्रम साँस्कृतिक जागरण, लोक संस्कृतिको सरंक्षण गर्न विभिन्न किसिमको कार्यक्रम प्रस्तुत भई आज समापन हुने कार्यक्रमको उदघोषक सुनिल यादवले जानकारी दिनुभयो ।

सप्ताहव्यापी लोककला प्रशिक्षण कार्यक्रममा बरहथवा नगर प्रमुख कल्पना कटुवाल, उपप्रमुख रामबाबु साह, प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापा, विभिन्न वडाका वडा अध्यक्षहरु , उधोग वाणिज्य संघ बरहथवाका प्रतिनिधि, सामुदायिक तथा संस्थागत विधालयका प्रतिनिधि, बरहथवा कमर्सियल सिटीका प्रतिनिधि रंजन दास लगायत सहभागीहरुको उपस्थिति रहेको थियो ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.