१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बहुजन एकता पार्टीले बहुजन स्वभिमान यात्रा गर्ने – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

बहुजन एकता पार्टीले बहुजन स्वभिमान यात्रा गर्ने

महोत्तरी,८ श्रावन । बहुजन एकता पार्टी नेपालले स्वभिमान यात्रा मार्फत जनसंपर्क बढाउने निर्णय गरेको छ । शनिवार महोत्तरीको गौशाला पार्टी पैलेसमा केन्द्रिय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

केन्द्रिय समिति बैठकले स्वभिमान यात्रा मार्फत जनसंपर्क बढाई अगामी प्रदेश एवं प्रतिनिधि सभाको चुनावमा पार्टीलाई राम्रो स्थान दिलाउन एवं बैचारिक संगठन बिस्तारको रणनीति बनाउन लगायत विभिन्न निर्णय गरेको बहुजन एकता पार्टी नेपालले जनाएको छ ।

बहुजन एकता पार्टी नेपालका अध्यक्ष हरिनन्दन कुमार रंजनको अध्यक्षतामा संपन्न बैठकमा वरिष्ठ नेता राजाराम पासवान,उपाध्यक्ष सत्यनारायण राम,महासचिव सुरज मेहरा ,बृहद्रथ कुश्वाहा,सह महासचिव दुर्गा राम बिक लगायतका सबै केन्द्रिय सदस्य एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

पार्टीको बैठकमा अन्य महत्वपूर्ण निर्णयहरु समेत लिइएको केन्द्रिय उपमहासचिव प्रकाश मेहराले जानकारी दिनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.