१४ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected]
इन्जिनियरिङ क्षेत्रलाई बेवास्ता गरेपछि ठेकेदार सरकारको बिकाश बीज्ञ भएको छ । -मैनाली – Nigrani Today
ताजा खबरसमाचार

इन्जिनियरिङ क्षेत्रलाई बेवास्ता गरेपछि ठेकेदार सरकारको बिकाश बीज्ञ भएको छ । -मैनाली

साउन ६ ,ललितपुर।अखिल(क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले ठेकेदार सरकारको बिकाश सल्लाहकार भएको आरोप लगाएका छन ।
अखिल(क्रान्तिकारी) हिमालय कलेज अफ इन्जिनियरिङ द्वारा आयोजित अन्तर कलेज बास्केटबल प्रतियोगितलाई अतिथीको रुपमा सम्बोधन गर्ने क्रममा मैनालीले यस्तो आरोप लगाएका हुन ।

इन्जिनियरिङ क्षेत्रलाई वेवास्ता गरेर चलिरहेको बिकास बहस पटक पटक असफल भइसकेको भन्दै मैनालीले बिकासको बहसमा इन्जिनियरिङ समुदायको सहभागिता बढाउन सरकारलाई आग्रह समेत गरे ।
“आजको दिनमा ७० हजार भन्दा बढी इन्जिनियरहरुको संख्या एसोसशियनमा दर्ता छ । तर सरकार सिंगो इन्जिनियरिङ क्षेत्रलाई पन्छाएर ठेकेदारको सुझाव लिंदै बिकासको नाममा शालिक र धरहरा ठड्याइरहेको छ ।”
सिभिल इन्जिनियर समेत रहेका मैनालीले स्थानिय सरकारका प्रतिनिधी अझ आफै ठेक्का पट्टामा संलग्न रहेको आरोप लगाए । उनले अगाडी भने “जे मा धेरै कमिशन धेरै आउछ त्यसैलाई बिकाश भन्ने प्रवृति बढेको भन्दै असन्तुष्टि पोखे । डोजर नभएको स्थानिय तहको नेता र ठेक्कापट्टा नगर्ने जनप्रतिनिधी पाउन मुश्किल रहेको उनको भनाई थियो ।
एक हप्ता सम्म चल्ने बास्केटबल प्रतियोगितामा उपत्यकाका प्रमुख इन्जिनियरङ कलेजहरुबाट १७ पुरुष र ११ महिला समुह गरि कुल २८ समुह रहेको र पुरुषतर्फ बिजेता र उपबिजेताका लागी क्रमश: ७५ हजार र ४० हजार तथा महिला समुह तर्फका बिजेता र उपबिजेता टिमलाई ४० हजार र २५ हजार नगद पुरस्कार ब्यबस्था गरिने बिध्यार्थी नेता सबिन सिग्देलले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.