१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सामुदायिक भवन निर्माण भएपछि स्थानियलाई सार्वजनिक कार्य गर्न सहज – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सामुदायिक भवन निर्माण भएपछि स्थानियलाई सार्वजनिक कार्य गर्न सहज

प्रेमनाथ पाैडेल
ईश्वरपुर,२६ श्रावन । सर्लाहीको ईश्वरपुर नगरपालिकामा १८ लाख रुपैयाँको लागतमा सामुदायिक भवन बनेपछी स्थानियहरु खुसी भएका छन । वडा नं. ८, खाल्टोबजारमा निर्माण भएको सामुदायिक भवनको मंगलवार उद्घाटन गरिएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत १८ लाख रुपैयाँको लागतमा निर्माण भएको सामुदायिक भवनको सर्लाही क्षेत्र नं. १ (क)का प्रदेश सभा सदस्य उपेन्द्र महतोले उद्घाटन गरेका हुन् । सामुदायिक भवनमा बैठक, छलफल, अन्तरकृया लगायतका सामाजिक काममा प्रयोग गरिने छ ।

भवनको रेखदेख श्री शुभ लक्ष्मी युवा क्लवले गर्नेछ। खाल्टोबजारमा समुदायिक भवन नभएपछि विभिन्न किसिम्मका बैठक,छलफल तथा अन्य सार्वजनिक कार्य गर्न अप्ठयारो भइरहेको थियो । अब भवन निर्माण भएपछि आफुहरुलाई विभिन्न सार्वजनिक कार्य गर्न सहज भएको शुभ लक्ष्मी युवा क्लवका अध्यक्ष राम करण चौधरीले बताए ।

कार्यक्रममा क्लवको तर्फबाट प्रदेश सांसद महतोको कार्यको उच्च मुल्याकंन गर्दै प्रशंसा पत्र समेत प्रदान गरिएको क्लवका अध्यक्ष चौधरीले जानकारी दिए । त्यस्तै भवन निर्माण समितिका अध्यक्ष बृजनन्दन राउतलाई पनि कार्यक्रममा प्रशंसा पत्रले सम्मान गरिएको छ।

भवन उद्घाटन समारोहमा नागेश्वर महतो, राम दुलार साह, दिनेश ठाकुर, तपेश्वर महतो, जिनिस महतो, मदन साह, सोनेलाल साह, निलाम्बर राउत, राम केवल साह, जागेश्वर चौधरी, रमन पास्वान, शिकिन्दर मण्डल लगायतको विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.