१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा बालअधिकार सम्बन्धी तालिम शुरु – Nigrani Today
मधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा बालअधिकार सम्बन्धी तालिम शुरु

सर्लाही, २७ साउन÷बाल अधिकारलाई संस्थागत गर्ने उद्देश्यले सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि बाल अधिकार सम्बन्धी ३ दिने तालिमे शुरु भएको छ ।

बागमती सेवा समाज नेपालको आयोजनामा भएको उक्त तालिमको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै हरिपूर्वा नगरपालिकाका मेयर सियाराम रायले बालबालिकाको अधिकार संरक्षण र संवद्र्धनका लागि प्रतिवद्ध भएर लाग्ने र आवश्यक नीति नियमहरु तयार गर्दै अगाडि बढ्ने कुरा बताउनुभयो ।

यसैगरी पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव रायले बालबालिकाको संरक्षण हामी सबैको पहिलो कर्तब्य भएकोले बाल अधिकार कार्यविधि लगायतका ऐन, कार्यविधि तयार गरे बाल अधिकारको सुनिश्चिता गर्ने कुरा बताउनुभयो ।

बागमती सेवा समाज नेपालद्वारा वल्र्डभिजन इन्टरनेसनलको सहयोग तथा राष्ट्रिय बाल अधिकार परिषद्सँगको समन्वयमा आयोजना गरिएको तालिममा बाल अधिकारको संस्थागत विकास र प्रणाली सबलीकरणलाई स्थानीय तहमा कसरी सँगै लैजाने भन्ने विषयहरुमा छलफल भइरहेको जानकारी आयोजक संस्थाका अध्यक्ष भरतकुमार कार्कीले दिनुभयो ।

श्रावन २५ गते देखि सुरु भएको तालिम तीन दिनसम्म २८ गते सम्म चल्ने तालिमको सहजीकरण राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश नं. २ का समन्वय अधिकारी संजिव महतोले गरिरहनु भएको छ ।
तालिममा हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, बालअधिकार समितिका पदाधिकारी लगायतको सहभागिता रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.