११ चैत्र २०८०, आईतवार | Email:- [email protected] | [email protected]
सांसद महतोद्वारा रामजानकी मन्दिरमा शालिग्राम स्थापना – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सांसद महतोद्वारा रामजानकी मन्दिरमा शालिग्राम स्थापना

ईश्वरपुर,२७ साउन । सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरियाटोलमा निर्माण भएको रामजानकी मन्दिरमा शालिग्राम स्थापना गरिएको छ।

प्रदेश सभा निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत ११ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण भएको रामजानकी मन्दिरमा सर्लाही क्षेत्र नं. १ (क)का प्रदेश सभा सदस्य उपेन्द्र महतोले शालिग्राम स्थापना गरेका हुन्। खोरियाटोलमा कुनै पनि मन्दिर पहिला नहुँदा धार्मिक आस्था राख्नेहरूलाई पुजा गर्न अप्ठ्यारो भईरहेकोले स्थानियको आग्रहमा प्रदेश सांसद महतोले मन्दिर निर्माणको लागी रकम उपलब्ध गराई निर्माण गराउनुभएकोमा वार्ड सदस्य नागेन्द्र रायले प्रदेश सांसद महतोलाई टोलबासीको तर्फबाट बिषेश धन्यवाद दिनुभयो।

मन्दिरमा शालिग्राम स्थापना अघी सयौंको संख्यामा बिलिकाहरूले कलश यात्रा निकालिएको थियो। मन्दिर निर्माण समितिका अध्यक्ष किशोरी महतोको अनुसार कलश यात्रा मन्दिर प्रांगणबाट सुरू भई फुलजोर स्थान झिम नदीबाट कलश भरी पुनः मन्दिर प्रांगण आएर सकिएको थियो। कलश यात्रमा स्थानिय भक्तगरू र महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कलश यात्रा पश्चात बिशेष पुजा सहित प्रदेश सभा सदस्य उपेन्द्र महतोले मन्दिरमा शालिग्राम स्थापना गर्नुभएको थियो। मन्दिरमा शालिग्राम स्थापना कार्यक्रममा सयौंको संख्यामा साधुसंतको पनि उपस्थिति रहेको थियो।

समारोहमा नागेश्वर महतो, योगनारायण चौधरी, दिनेश ठाकुर, तपेश्वर महतो, जिनिस महतो, मदन साह, रामपृत महतो, अमिरिलाल साह, निलाम्बर राउत, राम केवल साह, चुल्हीई महतो, शिवचन्द्र राय लगायतको पनि उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.