१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
बन्द तथा रुग्न अवस्थामा रहेका उद्योगहरु सञ्चालन गर्न अर्थमन्त्री र उद्योगमन्त्रीलाई ज्ञापन – Nigrani Today
राजनीतिसमाचार

बन्द तथा रुग्न अवस्थामा रहेका उद्योगहरु सञ्चालन गर्न अर्थमन्त्री र उद्योगमन्त्रीलाई ज्ञापन

काठमाडौं । सरकारी स्वामित्वका बन्द तथा रुग्ण उद्योगहरूको पुनरुत्थान तथा संचालन गरी रोजगारीको सिर्जना गर्ने सम्बन्धमा जनमत पार्टीका उपाध्यक्ष ई.दीपक कुमार साहले अर्थमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
जनमतका उपाध्यक्ष ई.साहले मंगलबार अर्थमन्त्री डा.प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललाई ८बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

‘आर्थिक उन्नतिको लागि उद्योग तथा कलकारखानामा राज्यले नै प्रत्यक्ष रूपले लगानी गरेर नै ती राष्ट्रहरूले समृद्धि र विकास हासिल गरेका हुन् ।’ उनले ज्ञापनपत्रमा भनेका छन्, ‘विश्वमा थुप्रै यस्ता उदाहरणीय र अनुकरणीय दृष्टान्तहरू छन् । राज्यले सकेको खण्डमा स्वयंले गरेर तथा नसकेको खण्डमा गर्न सक्नेहरूका लागि बाटो खोलेर राज्यहरू आर्थिक रूपमा अगाडि बढेका छन्, र द्रुत गतिमा आफ्नो देशको विकास र समृद्धि हासिल गरेर विश्वका सामु शिर ठाडो पारेका छन् ।’


उनले ज्ञापनपत्रमा ‘२०४६ सालको परिवर्तनपछि नेपालले उदारीकरणको नीतिलाई अख्तियार गरेपछि सरकारी स्वामित्वका उद्योगहरूलाई निजीकरण गरियो । निजीकरण हुन बाँकी सरकारी स्वामित्वका अन्य उद्योग तथा कलकारखाना पनि अहिले बन्द अवस्थामा छन् । कतै न कतै व्यापारी, कर्मचारी र राजनीतिक नेतृत्वका गलत नीति र वैचारिकीको कारण ती धराशायी भएका छन् । निजी र निजीकरणको आधार बजारीकरण हो भने बजारहरू आर्थिक विकासलाई प्रवर्द्धन गर्ने शक्तिशाली संयन्त्रहरू हुन्, तर तिनीहरू प्रायः आर्थिक गतिशीलता र दिगो आर्थिक विकासलाई चाहिने सामाजिक न्यायसहित उत्पादन गर्न असफल हुन्छन् । बजारले गरिबहरूको आधारभूत आवश्यकता पर्याप्त रूपमा पूरा गर्न सक्दैन भन्ने कुरो सरकारी स्वामित्वका बन्द तथा रुग्ण उद्योगहरूको स्थितिले प्रस्ट भइसकेको छ ।’ उल्लेख गरेका छन् ।
सरकारी स्वामित्वका बन्द तथा रुग्ण उद्योगहरूको पुनरुत्थान गरी नयाँ तरिकाबाट औद्योगीकरण मार्फत लाखौँ प्रत्यक्ष÷अप्रत्यक्ष रोजगारीको सिर्जना गर्नुपर्ने र तीव्र आर्थिक विकास र समृद्धिको यात्रा तय गर्नु पर्ने हुँदा ती उद्योगहरू ६ महिना भित्र पुनरुत्थान तथा संचालन गर्न मन्त्रीद्वयलाई ध्यानाकर्षण गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.