१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
कुपोषित बालबालिकाहरुलाई पोषण युक्त खाद्धान्न, १ करोड ४५ लाख २३ हजार ४ सय बराबरको राहत वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

कुपोषित बालबालिकाहरुलाई पोषण युक्त खाद्धान्न, १ करोड ४५ लाख २३ हजार ४ सय बराबरको राहत वितरण

सर्लाही,२७ श्रावन । सर्लाहीमा कुपोषित बालबालिकाहरुलाई पोषण युक्त खाद्धान्न वितरण गरिएइको छ । कोभिडको विषम परिस्थितीमा बालबालिकाको पोषणलाई ध्यानमा राखेर हरिपुर्वा नगरपालिका र पर्सा गाँउपालिकाको २ हजार ३० कुपोषित बालबालिकाहरुलाई ५० लाख ७५ हजार लागत मुल्य बराबरका पोषण युक्त खाद्धान्न वितरण गरिएको होे ।

वर्ल्ड भिजन इन्टरनेश्नल नेपाल र राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्रको संयुक्त साझेदारीमा संचालित पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजना अन्तर्गत हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका कुपोषित बालबालिकाहरुलाई ध्यानमा राखेर १५ के.जी चामल, ५ के.जी. दाल, १ के.जी नुन, १ के. जी. चिनी, आधी लिटर घ्यू, १ लिटर तेल तथा ५ के.जी. गँहुको पिठो गरी १ जनालाई करिब पच्चीस सय बराबरको पोषण युक्त खाद्धान्न वितरण भएको राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्रका वरिष्ठ लेखा तथा प्रशासकीय संयोजक लालबाबु साहले जानकारी दिए ।

यसैगरी पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजना अन्तर्गत नै हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्रले कोभिडको दोस्रो लहरले प्रभावित अति विपन्न, अपांगता भएका, एकल महिला भएका घरधुरीहरुलाई ३० के.जी. चामल, ३ के.जी. मसुरो दाल, २ लिटर तेल, २ के. जी. चिनी, २ के. जी. नुन, ४ पिस साबुन गरि ९४ लाख ४८ हजार ४ सय बराबरको दैनिक उपभोग्य सामाग्रीहरु वितरण गरिएको राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्रका परियोजना प्रबन्धक राम कुमार यादवले जानकारी दिए ।

यो सँगै राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्रले पोषण युक्त खाद्धान्न र अति विपन्न परिवार गरी जम्मा ३ हजार ६ सय ३४ घर धुरिलाई १ करोड ४५ लाख २३ हजार ४ सय बराबरको राहत सामाग्री वितरण गरेको कार्यक्रम अधिकृत श्रीणु झाले जानकारी दिइन । यसरी कुपोषित बालबालिकालाई पोषण युक्त खाद्धान्न र विपन्न परिवारले एक साथ राहत पाएपछि हरिपुर्वा र पर्साका स्थानियहरु खुसी भएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.