११ चैत्र २०८०, आईतवार | Email:- [email protected] | [email protected]
कटहरिया नगरपालिकामा जनगणना कार्यालय पुनः सुचारु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाज

कटहरिया नगरपालिकामा जनगणना कार्यालय पुनः सुचारु

राकेश कुमार शर्मा

भदौ २५ गते रौतहट ।राष्ट्रिय जनगणना २०७८ को पुनस् कार्यतालिका स्वीकृत गरे अनुसार । आज शुक्रवार रौतहट जिल्लाको कटहरिया नगरपालिकामा जनगणना कार्यलय पुनह सुचारु कटहरियाको नगर प्रमुख सियाराम कुसवाहाले गरेका छन।

गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको थियो । कटहरिया नगरपालिकाको नगर प्रमुख सियाराम कुसवाहा र स्थानिय जनगना अधिकारि उपेन्द्र साहले, जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने बताउनु भएको छ ।

केन्द्रीय तथ्यांक विभागको कार्यतालिका अनुसार भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने गौरी संकर कयाम्पस गौरमा र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सुचीकरणको काम गर्ने अधिकारी साहले जानकारी गराउदै, गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म कटहरिया नगरपालिकामा तालिम दिने तथा उनीहरुको तालिमपछि मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म १५ दिन हुने बताए ।

राष्ट्रिय जनगणना रौतहट जिल्लाको ५ स्थानीय तहमा राष्ट्रिय जनगणना २०७८ को सफल बनाउने उदेश्यले स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । यो कार्यालयले कटहरिया नगरपालिका ,देवाही गोनाही नगरपालिका , र फतुवा विजयपुर नगरपालिकामा आफ्नो कार्य सम्पन गर्ने छन्। नेपालको १२ आंै तथा संघीय राज्यको पहिलो हुन् लागेको राष्ट्रिय जनगणना २०७८ को अभियान सफल बनाउन तथा जनगणनाबाट कोहि छुट्न नपाओस भन्ने लक्ष्यले स्थानीय जनगणना कार्यलय स्थापना गरि कार्य शुरु गरिएको छ ।

मेरो गणना, मेरो सहभागिता भन्ने मूल नाराका साथ हुन् गैरहेको राष्ट्रिय जनगणनाको लागि , कटहरिया नगरपालिकाको कटहरियामा आज कार्यालय पुनह सुचारु गरिएको छ । उक्त कार्यक्रममा नगरपालिकाको क्रमचारिहरु र जनगणाको क्रमचारिहरु पनि उपस्थिति रहेका थिए । हाम्रा सहकर्मी राकेश कुमार सर्माले कटहरिया एफएमलाई जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.