१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
समाचार सम्प्रेषण गरेको भन्दै पत्रकारलाई ज्यान मार्ने धम्की – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

समाचार सम्प्रेषण गरेको भन्दै पत्रकारलाई ज्यान मार्ने धम्की

महोत्तरी,२५ भदाै । महोत्तरीमा समाचार सम्प्रेषण गरेको भन्दै एक जना दलालले रेडियोकर्मीलाई ज्यान मार्ने धम्की दिएका छन् ।

विदेश पठाइदिन्छु भन्दै महोत्तरीका ११ जनासँग एक लाख तीस हजार रुपैयाँका दरले रकम उठाएर फरार भएका कुन्दकुमार मिश्राले स्थानीय रेडियोका पत्रकार नागेन्द्र साहलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएका हुन् ।

११ जना युवा दलालबाट ठगिएको समाचार रेडियोमा प्रसारण गरेको भन्दै धम्की आएको पत्रकार साहले बताउनुभयो । दलाल मिश्राले केही समयअघि टिपर दुर्घटनामा ज्यान गुमाएका महोत्तरीका एक रेडियोकर्मीलाई आफूले हत्या गरेको भन्दै त्यस्तै हालत बनाइदिने धम्की दिएका पत्रकार साहले बताउनुभयो ।

सर्लाही धनकौल ४ सरस्वती टोलका कुन्दन कुमार मिश्रा (राजन) ले दुबई उडाइदिने भन्दै ११ जनासँग रकम लिइ फरार भएका थिए ।

मिश्राले गौशाला नगरपालिकाका छठु राय यादव, सोलीन्दर सहनी, सिकिन्द्र सहनी, सुरेन्द्र महरा, अनिल महतो, सुनिल महतो, रामकिशोर मुखियासँग पैसा लिएका थिए । त्यसै गरी औरही नगरपालिकाका सिरिया महतो, शिवशंकर महतो, बद्रि मुखिया र कारी मुखियासँग पनि पैसा लिएका थिए । अहिले उनीहरू अलपत्र अवस्थामा रहेका छन् । स्राेत उज्यालाे अनलाइन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.