१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीको ईश्वरपुरमा पनि एमसीसी विरुद्ध आईटी आर्मीको प्रदर्शन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीको ईश्वरपुरमा पनि एमसीसी विरुद्ध आईटी आर्मीको प्रदर्शन

सर्लाही,२६ भदाै । सर्लाहीमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा आईटी आर्मीले प्रदर्शन गरेको छ ।

आइटी आर्मीले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले यसलाई तुरुन्त खारेज गर्नुपर्ने माग गर्दै सर्लाहीको प्रसिद्ध नगरी ईश्वरपुरमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा आईटी आर्मीले प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शनमा सहभागीहरुले कालो पट्टी बाँधी “देश बेच्न पाईदैन एमसीसी चाहिदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गर राष्ट्रघाती एमसीसी फिर्ता गर, राष्ट्रिय एकता जिन्दाबाद राष्ट्रघाती एमसीसी मुर्दाबाद, स्वतन्त्रता हनन गर्न पाईदैन कठपुतली सरकार चाहिदैन, गो ब्याक एमसीसी, रिजेक्ट एमसीसी, नो एमसीसी” लगायतका नारा लगाउँदै ईश्वरपुर नगरपालिकाको राईटरखोर कदम चौकदेखि सुरु भएको विरोध प्रदर्शन चौलिखा बजारमा पुगी बजार परिक्रमा तथा विदेशी शक्ति केन्द्रको भ्रष्ट दलाल ऐजेन्टहरुको सांकेतिक पुतला दहन गर्दै कार्यक्रम सम्पन्न भएको जानकारी आईटी आर्मीका राष्ट्रिय संयोजक चन्द्र भुषण साहले जानकारी दिएका छन् ।

एमसीसी राष्ट्रघाती सम्झौता भ‌एकाले यसले मुलुकको साधन(स्रोतमाथि अनुचित कब्जा तथा दोहन गर्ने, देशलाई अस्तव्यस्तता, अस्थिरता एवं द्वन्द्वको भूमरीमा धकेली विनाशको बाटोमा पुर्याउने हुँदा यो सम्झौता कुनैपनि शर्तमा लागू गर्न मिल्दैन । यदि हाम्रो सुझावलाई कुनै पनि किन्तु परन्तुको आडमा अहिलेको अपवित्र सत्ताधारी गठबन्धन र विदेशी शक्ति केन्द्रको कठपुतली सरकारले सदनबाट राष्ट्रहीत विपरीत एमसीसी पास गर्ने दुस्साहस गरेमा हामी देशभर अझ थप सशक्त संघर्ष गर्ने बाध्य हुनेछौं । र यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेदार स्वयं सताधारी गठबन्धन हुने युवा नेता साहको ठहर छ ।

उनले अन्त्यमा, यो सम्पूर्ण देशभक्तहरुको एउटा ऐतिहासिक महाअभियान रहेकोले यसमा प्रत्यक्ष एवं परोक्ष रुपमा योगदान गर्नुहुने सम्पूर्ण महानुभावहरुप्रति एकमुष्ट हार्दिक आभार एवं विशेष धन्यवाद व्यक्त गर्दै सम्पूर्ण देशभक्त, प्रगतिशील, न्यायप्रेमी तथा स्वभिमानी जनसमुदायहरुलाई आ(आफ्नो स्थान र स्तरबाट यथासम्भव महत्वपूर्ण योगदान गर्न हार्दिक आग्रहरअपील समेत गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.