१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
घटना व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

घटना व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

सर्लाही,९ माघ। बालअधिकार संरक्षणका लागि घटना व्यवस्थापन तथा सिफारिश प्रणाली सम्बन्धी ५ दिने तालिम आइतवार सर्लाहीमा सम्पन्न भएको छ ।वल्र्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा बागमती सेवा समाज नेपालद्वारा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजनाको आयोजनामा संचालित तालिममा बोल्दै पर्सा गाउँपालिका उपाध्यक्ष इन्द्रकला देवी साहले बालबालिका माथि हुने कुनै पनि प्रकारका हिंसा, दुव्र्यवहार, शोषण, उपेक्षा रोक्न र जोखिममा परेका बालबालिकालाई सहयोग गर्न तालिमले मद्दत गर्ने बताउनुभयो ।

यसैगरी आयोजक संस्था बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले बाल संरक्षणका लागि सबै सरोकारवाला निकायहरुले सकृयतापूर्वक काम गरेर बालबालिका माथि हुने जोखिमहरु न्युनिकरण गर्नु पर्ने बताउनुभयो ।

हरिपूर्वा नगरपालिका वडा नं. ५ का अध्यक्ष विजयकुमार यादवले ५ दिनको तालिम फलदायी रहेको बताउँदै गाउँ समुदायमा बालबालिका माथि विभिन्न प्रकारका जोखिमहरु कायमै रहेकोले जोखिममा परेका बालबालिकाहरुलाई घटना व्यवस्थापन एवं सिफारिश प्रणाली मार्फत उनीहरुलाई छिटो छरितो ढंगबाट सेवा प्रवाह गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

पर्सा गाउँपालिका र हरिपूर्वा नगरपालिकाका बाल अधिकार समितिका सदस्यहरु, जनप्रतिनिधि, कर्मचारी, प्रहरी, बाल क्लवका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त तालिममा विभिन्न प्रकारका दुव्र्यवहार, हिंसा जस्ता घटनाहरुमा परेका बालबालिकाहरुलाई घटना व्यवस्थापन र सिफारिश प्रणालीका माध्यमबाट सहज सेवा प्रवाह गर्ने बारेमा छलफल गरिएको थियो ।

माघ ०५ गतेदेखि माघ ०९ गते ५ दिनसम्म संचालन भएको तालिमको सहजीकरण प्रशिक्षक सुशिलराज गिरी र कमल श्रेष्ठले गर्नुभएको थियो ।तालिमको अन्त्यमा दुबै पालिकाका सहभागीहरुले अर्धवार्षिक कार्ययोजना समेत तयार गरेको बागमती सेवा समाज नेपालका परियोजना संयोजक कुमार भण्डारीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.