१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगर र ब्रहम्पुरीमा विभिन्न कार्यक्रम गरी ५७ औं राष्ट्रिय बाल दिवस मनाईयो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

चन्द्रनगर र ब्रहम्पुरीमा विभिन्न कार्यक्रम गरी ५७ औं राष्ट्रिय बाल दिवस मनाईयो

सर्लाही,३१ भदौ । सर्लाहीको चन्द्रनगर र ब्रहम्पुरीमा विभिन्न कार्यक्रम गरी ५७ औं राष्ट्रिय बाल दिवस मनाइएको छ ।सामान्य अवस्था वा कोभिड माहामारीः बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी भन्ने मुल नाराका साथ चन्द्रनगर गा.पा. र ब्रहम्पुरी गा.पा.मा ५७ औं राष्ट्रिय बाल दिवस मनाइएको हो ।

चन्द्रनगरमा चन्द्रनगर गाउँपालिका तथा ब्रहम्पुरीमा ब्रहम्पुरी गाउँपालिकाको आयोजना र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रद्धारा सञ्चालित सिकाइ परियोजनाको समन्वयमा सम्पन्न गरिएको कार्यक्रममा कोभिड–१९ का कारण शिक्षण सिकाइमा परेको असर र बाल विवाह न्यूनीकरण सम्बन्धी वक्तित्वकला तथा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । कार्यक्रमको अध्यक्षता चन्द्रनगर गाउँपालिकामा गाउँपालिका अध्यक्ष महेन्द्र महतो र ब्रहम्पुरी गाउँपालिकामा गाउँपालिका बिनोद साह गरेका थिए ।

कार्यक्रमा गाउँपालिकाका उपाध्यक्ष, शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, महिला तथा बालवालिका शाखा प्रमुख, तथा विभिन्न विद्यालयहरुमा प्र.अ., शिक्षक शिक्षिका र विद्यार्थीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । वक्तित्वकला प्रतियोगिता कार्यक्रममा सहभागी हुने २० जना र ब्रहम्पुरी गा.पा. अन्तर्गतका सम्पुर्ण सामुदायीक बिद्यालय र मदरसामा उत्कृष्ट अंक ल्याउने छात्रा–छात्र तथा अपङ्गता भएका ५१ जना गरी जम्मा ७१ जना विद्यार्थीहरुलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो ।

त्यसै गरी राष्ट्रिय बाल दिवसको अवसरमा पर्सा गा.पा. वाडा नं ४ मा पनि महिला तथा बालवालिका शाखा प्रमुख चन्दा यादव र समुदाय परिवर्तन समुहको संयूक्त नेतृत्वमा बाल विवाह तथा बाल श्रम न्यूनीकरण सम्बन्धी वक्तित्वकला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.