१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
मन्त्री सिंहले गरे ब्लड बैंक ,फिजियोथेरापी ,हेमोडाइलाइसिस र ल्याप्रोस्कोपी सेवाको उद्घाटन – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

मन्त्री सिंहले गरे ब्लड बैंक ,फिजियोथेरापी ,हेमोडाइलाइसिस र ल्याप्रोस्कोपी सेवाको उद्घाटन

सर्लाही,१२ फागुन । सर्लाही सदरमुकाम मलंगवमा रहेको प्रादेशिक अस्पतालमा आज ब्लड बैंक ,फिजियोथेरापी ,हेमोडाइलाइसिस र ल्याप्रोस्कोपी सेवा उदघाटन गरिएको छ ।

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले ब्लड बैंक ,फिजियोथेरापी ,हेमोडाइलाइसिस र ल्याप्रोस्कोपी सेवाको आज उदघाटन गर्नुभएको छ ।करिब महिना दिन अघि आफुु सर्लाही आएर प्रादेशिक अस्पतालमा यो सेवाहरु सुरु गर्ने बचन दिएको थिए सोही अनुरुप आज ब्लड बैंक ,फिजियोथेरापी ,हेमोडाइलाइसिस र ल्याप्रोस्कोपी सेवाको आज उदघाटन गरिएको मन्त्री सिंहले बताउनुुभयो ।

ब्लड बैंक ,फिजियोथेरापी, ल्याप्रोस्कोपी सेवा आज बाट नै सुरु गरिएको र हेमोडाइलाइसिस दुुइ तिन दिन पछि सुरु गरिने प्रादेशिक अस्पतालका प्रमुख नवलकिशोर झाले बताउनुुभयो ।कार्यक्रममा प्रदेश सभा सदस्य जङ्गीलाल राय, नेपाली कांग्रेस सर्लाहीका उपसभापती सरोज यादव, स्वास्थ्यकर्मी लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.