ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय
शरीर बन्धक कसुर मुद्दाका फरार अभियुक्त बसबरीया बाट पक्राउ
बरहथवा,१८ मंसिर । सर्लाहीमा अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन । पक्राउ पर्नेमा बसबरिया गाउँपालिका वडा नं.२ मानपुर बस्न वर्ष २३ को दिलिप सहनी रहेको छ ।
शनिवार ईलाका प्रहरी कार्यालय बरहथवा, सर्लाहीका कार्यालय प्रमुखको कमाण्डमा खटिएको टोलीले “अपहरण तथा शरीर बन्धक“ कसुर मुद्दाका फरार अभिक्त सहनीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सहनीलाई शनिवार नै ईलाका प्रहरी कार्यालय,गरुडा रौतहट पठाईएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।