१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एसाइटिस रोगले पिडित हजारीको उपचारको लागि समाजसेवीहरुले गरे आर्थिक सहयोगको अपिल – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

एसाइटिस रोगले पिडित हजारीको उपचारको लागि समाजसेवीहरुले गरे आर्थिक सहयोगको अपिल

बलरा,७ असोज । सर्लाहीको बलरा नगरपालिका वडा नं. ६ बस्ने ३५ वर्षिय हरेन्द्र हजारी बिगत ४ बर्ष देखि सिभियर एसाइटिस ( पेटमा पानी जमिनु) रोगले पिडित छन । दुई छोरा, एक छोरी र श्रीमती गरी हजारीको परिवारमा जम्मा ४ जना परिवार संख्या रहेको छ । आर्थिक अवस्था निकै कमजोर रहेका हजारीले भारतको पंजावमा गरेको ज्याला बाट ६ जनालाई पाल्न नै समस्या भैरहेको बेला ४ वर्ष पहिले एसाइटिस रोगले पिडित भए ।

आफुले गरेको काम बापतको ज्यालले परिवार पाल्न मुस्किल भएका हजारीलाई एसाइटिस रोग लागेपछि उनि उपर बज्रपात नै भयो । हजारीले आफनो उपचार गराउन नसकी घरमै बसेको अवस्था थियो । सर्लाहीका युवा तथा समाजसेवीहरुले हजारीले आर्थिक अभावकै कारण उपचार गराउन नसकेको थाह पाएपछि उपचारको प्रबन्ध मिलाउन सतार अंसारी , सरोज कुशवाहा, रमेश कुशवाहा, रुपेश राय, उमेद अंसारी, सरोज अंसारी, श्याम सुन्दर कुशवाहा लगायतका मनकारी व्यक्तिहरुले आफनो निजि १० हजार रुपैया संकलन गरी नारायणी उप– क्षेत्रिय अस्पताल भर्ना गराएका छन ।

नारायणी उप– क्षेत्रिय अस्पतालका चिकित्सकले हजारीको स्वास्थ्य जाँच गर्दा किडनीमा पानी, पेटमा पानी, किडनीमा पथरी लगायतका विभिन्न समस्या भएको जानकारी गराएका थिए । हजारीको उपचार खर्च थप व्यवस्थापनका लागि समाजसेवी सतार अंसारी ,रमेश कुशवाहा, रुपेश राय, उमेद अंसारी, रमेश कुशवाहा, सरोज कुशवाहा, श्याम सुन्दर कुशवाहा लगायतका व्यक्तिहरुले हजारीको उपचारका लागि थप पैसा जुटाउ सम्पूर्ण सर्लाहीवासीहरु सँग आर्थिक सहयोगका लागि अपिल गरेका छन ।

समाजसेवी तथा युवाहरुको टिमले हजारीको उपचारको लागी सिभिल बैंक लि. को खाता नम्बर ०७०१०२२३८९५०१९ मा मनकारी व्यक्तिहरुलाई पैसा पठाउन अनुरोध समेत गरेका छन । वा हजारीको बारेमा थप जानकारी लिन लेघु हजारी को मोबाइल नम्बर ९८२७६६४१२८ मा सम्पर्क गर्न समेत ति टिमले सोसल मिडियमा लेखेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.