१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
शून्य होम डेलिभरी पालिका घोषना कार्ययोजना तथा बार्षिक समिक्षा दुई दिने गोष्ठी सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

शून्य होम डेलिभरी पालिका घोषना कार्ययोजना तथा बार्षिक समिक्षा दुई दिने गोष्ठी सम्पन्न

प्रेमनाथ पौडेल
हरिवन,१० असोज । सर्लाहीको हरिवन नगरपालिकामा संचालन भएको दुई दिने होमडेलिभरी शून्य पालिका घोषणा तथा बार्षिक कार्ययोजना समिक्षा गोष्ठी सम्पन्न भएको छ ।हरिवन नगरपालिका कार्यपालिका स्वास्थ्य तथा सामाजिक शाखाको आयोजनामा संचालन भएको नगर स्तरिय होम डेलिभरी शून्य पालिका घोषना तथा समिक्षा गोष्ठी नगरप्रमुख गणेश प्रसाईंको अध्यक्षतामा बिभिन्न स्वास्थ्यकर्मीहरुलाई स्वागत तथा सम्मान गर्दै आईतबार सम्पन्न भएको छ ।

दुई दिन सम्म संचालन भएको कार्यक्रम सुरक्षित मातृत्व र बाल मृत्युुदर लाई कम गर्न स्वास्थ्यासंस्थामा कार्यरत स्वास्थ्यकर्मीले गर्भबती महिलाहरुको स्वास्थ्यसंस्थामा पहुचबृद्धी गर्न र नगर्पालिका लाई शून्य होमडेलिभरी पालिका घोषणा गर्न सकिन्छ भन्ने बारेमा छ्लफल गरिएको थियो । हाल सम्म भए गरेका कामका बारेमा जानकारी लिनुको साथै सुरक्षित प्रसुती गराउने भन्ने बारेमा सिकाईएको नगर स्वास्थ्शाखा सहसंयोजक रामबाबु चौधरीले बताउनु भयो ।

त्यस्तै कार्यक्रममा युवाहरुमा लागू औषध दुर्ब्यशनि र त्यस्ले प्रभाव पारेको असरको बारेमा समेत जानकारी दिईएको नगरस्वास्थ्य शाखा हरिवनले जनाएको छ ।त्यस्तै कार्यक्रममा नगरपालिका भित्र रहेका विभिन्न स्वास्थ्य चौकी बाट आर्थिक बर्ष ०७७÷७८ मा प्रदान गरिएका विभिन्न खोप तथा स्वास्थ्य उपचार सेवामा भए गरेका कामको प्रगती बिबरणका साथै समस्या र चुनौतीका बारेमा समिक्षा गरिएको थियो

यसैबिच कार्यक्रममा दरबन्दी समायोजन गरि सरुवाभै आएका स्वास्थ्यकर्मीलाई स्वागत गर्नुका साथै बिगत एक बर्ष भित्र विभिन्न स्वास्थ्यचैकीमा रहेर काम गर्ने बिषेषत कोभिड १९ को समयमा आफ्नो ज्यानको समेत कुनै प्रवाह नगरी स्वास्थ्य सेवामा उत्कृष्ट काम गर्ने ८जना स्वास्थ्यकर्मीलाई दोसल्ला तथा समय सुचक घडी र कदर पत्र बाट सम्मान गरिएको थियो ।

दुई दिन सम्म चलेको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका तथ्याङ्ग अधिकृत लालबाबु यादब बिजामका सर्लाही संयोजक सन्तोष नेपालले सहजिकरण गर्नु भएको कार्यक्रममा नगर उपप्रमुख रेनुका पौडेल ,प्रमुख प्रसासकिय अधिकृत खरुदेब चुडाल ,नगर शिक्षा उपसचिव नवराज निरौला विभिन्न वडाका वडा अध्यक्ष भिभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.