२६ जेष्ठ २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
सर्लाहीका ८ वटै नाका खुल्यो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीका ८ वटै नाका खुल्यो

सर्लाही,११ असोज । सर्लाहीमा नेपाल भारत सीमाको ८ वटै नाका खुला गरिएको छ ।जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सर्लाहीको बैठकले भारतसँग सीमा जोडिएका ८ वटै नाका खुला गर्ने निर्णय गरेको हो।

आइतवार भएको डीसीएमसीको बैठकले नेपाल सरकारले गरेको निर्णयानुसार जिल्लाका ८ वटै नाका खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए।

बैठकले सदरमुकाम मलंगवास्थित गोरखकाली नाका, पर्सा गाउँपालिकास्थित संग्रामपुर र पर्सा नाका, ब्रम्हपुरी गाउँपालिकास्थित त्रिभुवननगर नाका, मलंगवा नगरपालिकास्थित भाँडसर नाका, विष्णु गाउँपालिकास्थित बाराउद्योरण र फेन्हरा नाका खुला गर्ने निर्णय गरेको हो ।

खुला गरिएका सबै नाकामा हेल्थ डेक्स स्थापना गर्ने निर्णय स्थानीय प्रशासनले गरेको जनाएको छ ।स्वास्थ्य कार्यालयमार्फत ती नाकामा एन्टिजेन परीक्षण गर्ने व्यवस्थासमेत मिलाइएको प्रजिअ महतोले जानकारी दिए। स्र्रोत टुडेपाटी ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.