१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगरमा प्रारम्भिक कक्षा सम्बन्धि तालिम सम्पन्न – Nigrani Today
मधेश प्रदेशसमाचारसमाजस्थानीय

चन्द्रनगरमा प्रारम्भिक कक्षा सम्बन्धि तालिम सम्पन्न

चन्द्रनगर,११ असोज । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा प्ररम्भिक कक्षा(ईजिआरपी-ii) सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । युएसए आईडी नेपाल र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय द्वारा संचालित कार्यक्रम ईजिआरपी दोस्रो तथा चन्द्रनगर गाउँपालिका शिक्षा शाखाको संयुक्त आयोजना र चन्द्रनगर गाउँपालिकाको शिक्षा शाखा प्रमुख हरिकान्त लाल कर्णको अध्यक्षतामा सम्पन्न तालिममा कक्षा १ देखि ३ सम्मको प्रारम्भिक कक्षामा अध्यनरत बालबालिकाहरुलाई कक्षामा के-कसरी शिक्षण गराउने,प्रारम्भिक कक्षामा रहेको पाठयक्रम लगायत शिक्षा सम्बन्धि अन्य विषयको बारेमा छलफल गरिएको थियो ।

चन्द्रनगर गाउँपालिकामा रहेको २२ वटा विधालयका ६६ वटा शिक्षक तथा शिक्षिकाहरु,विधालय र कलस्टरका लागि प्रारम्भिक कक्षा अध्यापनमा सहजताका लागि ट्याब तथा स्टेसनरी समेत प्रदान गरिएको ईजिआरपी दोस्रोका जिल्ला संयोजक राजेश झाले जानकारी दिनुभयो ।

प्रारम्भिक कक्षा सम्बन्धि तालिम लिएका शिक्षक शिक्षिकाहरुले सम्पूर्ण विधालयहरुको प्रारम्भिक कक्षाका बालबालिकाहरुलाई कलस्टर शिक्षणको माध्यमले समेत पठन पाठनलाई निरन्तरता दिने ईजिआरपी दोस्रोका जिल्ला संयोजक झाले जानकारी दिनुभयो ।

सर्लाहीको धनकौल,चक्रघट्टा,ब्रह्मपुरी गाउँपालिकामा प्रारम्भिक कक्षा तालिम यसअघि नै सम्पन्न भईसकेको र सोमवार चन्द्रनगर गाउँपालिकामा पनि सम्पन्न गरिएको आयोजकले जनाएको छ ।तालिममा चन्द्रनगर गाउँपालिका भरिका बिधालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो । ईजिआरपी दोस्रो कार्यक्रम नेपालको ३८ बटै जिल्लामा सघन रुपमा संचालित रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.