१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
लोसपाको पनि खुल्यो खाता, गोडैतामा पु:न यादव र कुशवाहा निर्वाचित – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारसमाजस्थानीय

लोसपाको पनि खुल्यो खाता, गोडैतामा पु:न यादव र कुशवाहा निर्वाचित

सर्लाही,५जेठ ।सर्लाहीको गोडैता नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जितेको छ ।गोडैताको जित सँगै सर्लाहीमा लोसपाले खाता खोलेको छ। गोडैता नगरपालिकामा दोस्रो कार्यकालको लागि पु:न मेयर पदमा देवेन्द्र कुमार यादव र उपमेयरमा अंजना कुशवाहा विजयी भएको छ ।

नगर प्रमुखमा निर्वाचित यादवले ५ हजार २ सय ९४ मत प्राप्त गर्नुभयो भने उपप्रमुखमा कुशवाहाले ५ हजार ३ सय १ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

नगर प्रमुख यादका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र प्रसाद कुशवाहाले ४ हजार ७ सय ५२ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उप प्रमुख कुशवाहाको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामशखी देबीले ४ हजार ४ सय ९३ मत प्राप्त गर्नुभयो । नगर प्रमुखमा पराजित भएका कुशवाहा यश अघि मधेस प्रदेशका प्रदेश सभा सदस्य थिए । मेयरमा जित्ने अटुट विश्वासले प्रदेश सांसदबाट राजिनामा उिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.