३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई विभिन्न स्वास्थ्य सामग्री – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई विभिन्न स्वास्थ्य सामग्री

प्रेमनाथ पौडेल
लालबन्दी,१८ असोज । सर्लाहीको लालबन्दी नगरपालिकामा वडा नं. ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वर्णिका श्रेष्ठ स्मृती प्रतिष्ठानका संरक्षक श्याम श्रेष्ठको पहलमा राइट टु स्टडी नेपाल संस्थाका प्रतिनिधि पुरन डंगोलले उक्त स्वास्थ्य सामग्री प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई हस्तान्तरण गरेको छ ।

कोरोना भाईरसका जोखिम अझै पनि कायम रहेकोले कोरोना भाइरस बाट स्वास्थ्य चौकीका चिकित्सक तथा अन्य कर्मचारीलाई जोगाउन राइट टु स्टडी नेपाल संस्थाका प्रतिनिधि डंगोलले विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको स्वर्णिका श्रेष्ठ स्मृती प्रतिष्ठानले जनाएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई मास्क ११ हजार पिस , लाइफबाइ साबुन १ काटुन, थर्मल गन १० थान, अक्सिमिटर १० थान,लिक्विइड ह्यान्ड वास २४ थान ,सेनिटाइजर २० लिटर, सोडियम हाइड्रोक्लोराइड २० लिटर,एन्टिजेन ५० पिस , फेससिल्ड १०० पिस , पिपिई ३० पिस , के ९५ मास्क २०० पिस लगायतको स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा लालबन्दी नगरपालिका वडा नं ९ का अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्रका ब्यबस्थापन समिति अध्यक्ष गोपाल घिमिरे, लालबन्दी रेडक्रस सोसाइटीका उप सचिव कृष्ण भण्डारी , लालबन्दी स्वास्थ्य शाखाका अधिकृत सुदिप काफ्ले,डा. चन्दन चौधरी,कोभिड अस्पताल व्यवस्थापक धुर्ब केसी , स्वास्थ्य कर्मि दिपेश पाख्रिन, सितल पौडेल, कृष्ण बहादुर राउत, ललेन्द शाह तथा कार्यरत सम्पुर्ण स्वास्थ्य कर्मिको उपस्थिति रहेको प्रशासनिक व्यवस्थापक राजकुमार सिंहले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.